बद्रीप्रसाद दाहाल ‘भस्मासुर’रेखामुनि सबै !
नेप्से झर्दैछ ओरालो, गरीबी आँकडा बढ्यो
पैठारी र निकासीको, अङ्क नै अझ झन् घट्यो ।
सेयर बजारले मार, खायो भारत बन्दले
महंगी ब्ल्याक–मार्केट, आयो भारत–बन्दले ।।१।।
भ्रष्टाचार दुराचार, बलात्कार प्रहार छ
इमर्जेन्सी बिरामीमा, जङ्गली व्यवहार छ ।
मधेसी जनतामाथि, ‘गिरी’ खेल्छन् गिरोहले
आन्दोलन भनी पर्दा, हाल्छन् डन–गिरोहले ।।२।।
कूटनयज्ञ क्वै छैनन्, जम्बो छ मन्त्रिका गण
मात्रै तलब भत्तामा, डकार्ने खन्चुवा गण ।
कालो बजारको धन्दा, गर्यो सर्कारले भनी
रेडियो पत्रीका टीभी, दिन्छन् प्रमाण नै पनि ।।३।।
गरीबी अझ बढ्दैछ, दङ्गा झैझगडा यहाँ
असुरक्षा अशान्तिले, घर गर्दैछ देशमा ।
पदको मदमा माती, कद खोज्ने भए सबै
जनता देश– र्वाएर, भकुर्ने निर्दयी सबै ।।४।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































