साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीतिमा ऊँट र स्याल

Nepal Telecom ad

एउटा छट्टु स्यालले भोकाएर हैरान भएको वेला नदीपारि गाई मरेको देख्यो तर, नदी तर्ने क्षमता उसको थिएन । त्यसैवेला उसले चर्दै गरेको ऊँट देखेछ । खुरर दौडँदै ऊँटनजिकै पुगेपछि स्यालले निहुरिएर ढोग्दै भनेछ– ‘नमस्कार मामा !’ ऊँटले भन्यो– ‘नमस्कार ! नमस्कार ! हैन, आज भान्जाको मनका के पाप जाग्यो र यसरी निहुरिएर ढोगेको ?’ स्यालले भनेछ, ‘मैले मामालाई भित्र नमाने पनि बाहिर त मानेकै हुँ नि ! खास कुरा के भने नि मामा, नदीपारि ऊखुबारी पनि छ, सिनो पनि छ । मलाई तपाईंले लिएर जानुपर्यो ।’
ऊँटले स्यालको कुरा मन्जुर गर्यो र आफ्नो पिठिउँमा राखेर नदीपारि लग्यो । स्याल सिनो खानतिर लाग्यो र ऊँट उखुबारीभित्र पस्यो । सानो पेट भएको स्याल छिट्टै अघायो हाउहाउ गरेर कराउन थाल्यो । स्याल कराएको सुनेर गाउँले हातमा लट्ठी लिएर आइहाले । छट्टु स्याल झाडीमा लुसुक्क लुक्यो, ऊँट भने फेला पर्यो । नराम्रोसँग पिटाइ खाएर भाग्दै गरेको ऊँट स्यालनजिक पुग्यो र भन्यो– ‘धत्तेरी भान्जा, आफू अघाएपछि हाउहाउ हल्ला गरिदिने ?’ अनि स्यालले भन्यो– ‘होइन मामा मेरो आदत खाना खाएपछि गीत गाउने छ क्या !’
जे भए पनि भयो भनेर उनीहरू फर्किए । पहिलेजस्तै ऊँटको पिठिउँमा स्याल चढ्यो । उनीहरू जब बीचनदीमा पुगे । ऊँटले पिठिउँ उल्टाएर स्याललाई पानीमा खसालिदियो । खोलाले बगाउँदै गर्दा स्यालले भन्यो, ‘होइन मामा यो के गरेको ? म त बगेँ नि !’ ऊँटले हाँस्दै भन्यो– ‘के गर्ने भान्जा, बानी आ–आफ्नै हुन्छन् । तिम्रो बानी खाना खाएपछि गीत गाउने रहेछ, मेरो बानी खाना खाएपछि नुहाउनेछ ।’ त्यसपछि स्याल बगेर कहाँ पुग्यो कुन्नि, घरपालुवा ऊँट भने घरमै छ ।
यो कथालाई वर्तमान नेपाली राजनीतिमा जोडेर अब तपाइँ भन्न सक्नुहुन्छ– ऊखुबारीमा रामधुलाई खाने उँट को को हुन् अनि नदीमा बग्दै गरेका स्याल को को हुन् ?
–टिपनटापन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x