साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विसर्जन

Nepal Telecom ad

मेरो अगेनासँग
संशय छ सिंहदरबारलाई

किनकि,
मेरो अगेनाको राप
हराएको छैन

सिंहदरबारका काला छतहरुको
कडा निगरानीले
घेरिएको छ मेरो अगेना
र प्रधानमन्त्रीको कार्यकक्षमा जडित
टेलिभिजनका ऐनाहरुले
मेरो अगेनाको अभिलेख दुरुस्त राखिरहेछ
किनकि सिंहदरबारका
नयाँ प्रधानमन्त्रीका आँखाहरुलाई
मेरो अगेनाको राप मन पर्दैन

जसलाई सधैं
उर्जाशील लाग्थ्यो अगेनाको छेउ
र जसका आँखाहरु अगेनाको
भर्भराउँदो आगो जस्ता थिए
जसका मुठ्ठीहरुले हावामा
सधैं गति पैदा गथ्र्यो
र अँध्यारोलाई पगाल्थ्यो
जसका तातो श्वासहरुले
आँधीको सिर्जना गथ्र्यो
र शासकको निद्रा खल्बल्याउँथ्यो
मेरो अगेनाले तिनीहरुका लागि
सधैं आगोको निर्माण गरिरह्यो

जसले मेरो अगेनाको आगो बटुलेर
छिप्पिएका रातहरुसँग
लड्ने साहसहरु प्राप्त गर्यो
र जसले अँध्यारोलाई समाप्त गर्न
हजारौँ मशालहरुको तयार गरे

अहिले कसरी तिनीहरु
आगोका विसर्जनका खेलहरु
खेलिरहेका छन् ?

कसरी यो अँध्यारोमा फेरिदै गइरहेछ
तिनीहरुको छालाको रङ्ग ?
र तिनीहरुको
आँखाको राप हराइरहेको छ ?

सिंहदरबारका छतहरुबाट खस्दै
प्रधानमन्त्रीका दाहिने गालाबाट
बिस्तारै उठिरहेका
काला नागपास छाँयाहरुले
यो मुलुकलाई कसरी छोप्दै लगिरहेको छ
म देख्दैछु

मेरो अगेनासंग
संशय छ प्रधानमन्त्रीका आँखाहरुलाई
किनकि, मेरो अगेनाको राप
अझै मरेको छैन
र भुङ्ग्राहरु ज्युँदा छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x