साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विद्यार्थीलाई मन नपर्ने कविता

Nepal Telecom ad

कोठामा सजिऊन् प्रबुद्ध जनका फोटाहरू जग्मग
गम्कोस् धूप बिहान शुद्ध तन भै कोठाभरी मग्मग
होओस् एक सफा सिराननजिकै पढ्ने ठूलो तालिका
अङ्ग्रेजी गणितै विज्ञान अरु हुन् पुस्तक शास्त्रादिका ।

मोबाएल नहोस् कुनै बखतमा हातमा सधैं पाठ होस्
कक्षामा रहँदा र बाहिर हुँदा सिक्ने कुरा चाख होस्
मेरो काम छ के म पढ्छु किन हो भन्ने कुरा सम्झनू
पासै हुन्न म र्व्यर्थ पढ्दिन बरु यस्ता कुरा बिर्सनू ।

गर्नू काम सघाउनू घरउँदी हाँसेर बोल्नू सदा
सिक्नू यो छ ठूलो मिलाप सहयोग साथी–सँगी एकता
सुन्नू चाख दिई कुरा अनि तिमी बोल्नू बिचारी प्रिय
सिक्नैमा मन होस् सुकार्यपनको चिन्तन गरोस् हिर्दय ।

ओछ्यानमा डसना मुलायम नहोस् ओढ्ने हओस् पातलो
बस्ने आसन होस् सफा र सजिलो दुर्गन्ध यौटै नहोस्
एक्लै घोक्न मजा छ याद गर है एक्लै गरे साधना
छिट्टै उठ्न सके बिहान पढिए ताजा हुने सम्झना ।

चेष्टा काग बनोस् र ध्यान बकुला न्र्द्रिा कुकुर्झैं गरे
आहारा पनि खानुपर्छ अलि कम भन्दै छ जो शास्त्रले
सम्झी यी उपरोक्त तथ्य मनमा गर्नू सदा चिन्तन
विद्यार्थी असली सशक्त अब लौ हे भाइबैनी बन ।

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x