साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साझामा सुब्बा, कोइराला र खनाल निर्वाचित

Nepal Telecom ad

काठमाडौं, चैत्र २५, २०७२ । झण्डै एक दशकपछि बिहीबार भएको साझा प्रकाशनको निर्वाचनबाट डा. विजय सुब्बा, जीवनचन्द्र कोइराला र हरिहर खनाल सञ्चालक समिति सदश्यमा निर्वाचित भएका छन् । पुल्चोकस्थित साझाकै कार्यालयमा सम्पन्न संचालक समितिको निर्वाचनमा मनोहर लामिछाने सहित चार जना चुनावी मैदानमा थिए ।

आठ वर्षदेखि साझामा चुनाव हुन सकेको थिएन । अध्यक्ष, महाप्रबन्धक सहित ३ जना सरकारले नियुक्त गर्ने र बाँकी तीनजना सदस्य चाहिँ अंशियर साहित्यकारहरूबाट छानिने प्रावधान अनुरुप बिहीबार निर्वाचन भएको हो ।

निर्वाचनमा सबैभन्दा बढी मत कोइरालाले पाए । ५ सय ३४ मत खसेकोमा उनले ३ सय ८९ पाए भने सुब्बाले ३ सय ७५ र खनालले ३ सय ४३ पाएका थिए । मनोहरले भने २ सय ४ मतमा चित्त बुझाउनु पर्यो । कुल खसेको मतमा २७ बदर भएको साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलेन्द्र शर्माले बताए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x