साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानन्धर र क्षेत्रीलाई सम्मान

Nepal Telecom ad

काठमाडौं, २५ चैत । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रले खेलेको भूमिकाको स्मरण गर्न गठित ‘स्रष्टा चैत्र ३०’ नामक संस्थाले यस वर्ष साहित्यकारहरू सुलोचना मानन्धर र डा दुवसु क्षेत्रीलाई सम्मान प्रदान गर्ने भएको छ ।
लेखन र कर्मबाट लोकतान्त्रिक आन्दोलन तथा संस्कृति निर्माणमा उल्लेखनीय योगदान गरेवापत उहाँहरूलाई सम्मान दिइने भएको हो । मानन्धर प्राज्ञ रहेका छन् भने क्षेत्री कूटनीतिक क्षेत्रका अधिकारीसमेत हुन् ।

जनआन्दोलन २०६२,०६३ मा स्रष्टाहरूले खेलेको उल्लेखनीय भूमिकालाई स्मरण गर्न स्थापित सो संस्थाका अध्यक्ष मनोज न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । जनताको नागरिक अधिकार र गणतन्त्रप्रतिको सपना र चाहनालाई सफल बनाउन लेखनी र कर्मका माध्यमबाट स्रटाहरूले खेल्नुभएको भूमिकालाई कदर गर्न विसं २०६३ देखि सम्मान दिन थालिएको हो । सो सम्मान यही चैत ३० गते शिल्पी थिएटरमा प्रदान गरिनेछ ।

लोकतान्त्रिक आन्दोलनका क्रममा वि.सं. २०६२ साल चैत ३० गते पुरानो बानेश्वरको गुरुकुलबाट स्रष्टाहरूले निकालेको जुलुसमा तत्कालीन सरकारले गरेको निर्मम दमनको दिनलाई स्रष्टाहरूले कालो दिन मान्दै स्मरण गर्दै आएका छन् ।

यसअघि सो सम्मानबाट आनन्ददेव भट्ट, बैरागी काइँला, डा तुल्सी भट्टराई, निनु चापागाईं, किरण मानन्धर, डा वेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा अमर गिरी, हरिगोविन्द लुइँटेल, उत्तमकृष्ण मजगैँया, किसन प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजिमयलगायत सम्मानित भइसकेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x