साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भी सी को चिन्ता

Nepal Telecom ad

भी सी को पदमा नियुक्त भएको दिनदेखि ‘शिशी’ को संगत झन् बढ्यो । मौलाउन पुगेको पदले बौलाउन पार्ला भन्ने पीर । पत्रिका पनि सबै ‘जय नेपालेश्वर’ महादेवको मातहतमा नरहेका । उता धमलाको हमला, फुट्यो फूलको गमला ! बरु ‘तीर्थ’ यात्रामा निस्कने कि ? यस्तो पनि सोचे विद्वान् भी सीले । पाँच प्याग ‘नीट’ चढाएर सुतेको भुसुक्क निदाए । घटना हो– २१७२ साल पुस ३२ गतेको ।

“प्रभु, सकिन मैले । मलाई शक्ति प्रदान गरियोस्” ब्रह्मपुरीमा, चार टाउकेको सम्मुख । ध्यानमा लीन थिए प्रभु, छोरी सरस्वती भन्दा राम्री पनि कोही सृष्टि भए कि भनेर दिव्यदृष्टि प्रयोग गर्दै ।

“बालक, अलि बिस्तारमा आफ्नो समस्या भन । मेरो पनि स्मरण शक्ति अलजाइमर्सले खत्तम गरायो । तिमी पाशुपत क्षेत्रका हौ ?”

मुलुकको पुरै शैक्षिक अराजÞकताका बारेमा बताए, भने–, “प्रभु, कसरी कसरी त्यो पदमा पुगें । त्यो दिनदेखि आयु घटाउने काम मात्र भएको छ । मेरो बुद्धिले काम गरेन प्रभु ।”

“बालक, प्राज्ञिक राजमार्ग हुँदै पुग्नपर्ने गन्तव्यमा चारतारे ज्याकेट लगाएर बी पी मार्ग हुँदै पुगेछौ । सही बाटो नहिँडे यस्तै हुन्छ । प्रारब्ध नै यस्तै भनेर मलाई नै दोष दिन्छौ्र हेर बाबु, हरेक मान्छे आफ्नो ‘विधाता’ आफैं हो । पुज्ने बेलामा अरुलाई, अप्ठेरो परे मलाई सम्झिने ? बढो स्वार्थी र लिच्चड छ यो मान्छेको जात । उहाँदेखि आयौ, गर्न त सक्दैनौ, तर पनि मेरो भन्ने काम हो भन्छु, सुन– पूरै राजनीति बन्द गर । कुनै पनि भातृ संगठनलाई अस्तित्वमा नराख । ७५५ कर्मचारी बिदा गर । ५०५ गुरुको काम छैन । तिमी पनि राजीनामा देऊ । घटीमा ४ पिरियड अनिवार्य गर । हेल्मेट टिचरको चलन हटाऊ । रु. ५५००० प्रति महिना तलव दिनू । तृतीय श्रेणीलाई हुलाकतिर जागिर दिनू । नोट लेखाउन नदिनू ! सक्छौ ?”

“सक्दिन प्रभु सक्दिन, बरु …”– चिच्याए भी सी ।
नजिक थियो शिशी । शिशी बोलिन्, “नीट कि सोडा मिसाएर सर ?”

जुरुक्क उठेर बाथरूम गए । फर्केर राजिनामा ड्राफ्ट गर्न थाले ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x