साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफू भर्याङ मात्र !

Nepal Telecom ad

जता गयो त्यतै मिल्छन् तला मात्र निरन्तर
कतै नै चढ्न पाइन्न भर्याङ बन्छु आखिर ।
तलामाथि कहाँ कस्तो दिव्यता लुक्छ के भनूँ
चढ्नेहरू सधैँ चढ्छन् आफू भर्याङ नै बनूँ ।।

खुबीको खेल हो जस्तो कला चातुर्य नै बल
अरुलाई बनाएर भर्याङ चढ्नु केवल ।
बुद्धिमानी कहाँ जान्छ बनिन्छु मूर्खझैँ सदा
अरूकै साध्यका निम्ति आफू साधन सर्वदा ।।

विकास पहिलेभन्दा निकै नै देख्छु दोब्बर
तलाविना कुनै त्यस्तो विकास छैन झैँ घर ।
चढ्छन् मालिक नै माथि बस्छन् ढुक्क बनी बनी
सफा भर्याङको कैले हुन्छ त्यो उच्च जीवनी ! ।।

उच्चताको पराकाष्ठा ढल्दा धरहरा पनि
अरूकै बुइमा चढ्दै नाच्छन् चातुर्यका धनी ।
लक्ष्य हो जसरी चढ्ने माथि नै पुग्न आतुर
नपाए सजिलो बाटो बाँस भाटो बराबर ।।

साम दाम सके भेद दण्ड अन्तिम साथ छ
तलामाथि जसै पुग्ने लक्ष्यका साथ माथ छ ।
हुन्छ विकास नै पुग्दा तलामाथि जसै पनि
तर भाग्य कहाँ आफ्नो भर्याङ मात्र जीवनी ! ।।

यहाँ मात्र हुँदै हैन त्यहाँ नै पनि यो कुरा
आफू भर्याङ मात्रै हो लामो छोटो कतै पुरा ।
बुझेँ भर्याङ चढ्ने नै पुग्छ त्यो उच्च टाकुरा
आफ्नो भर्याङको पीडा आफैमा लुक्छ है बरा ! ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x