लोक सुब्बासुत्ने रहर
सुत्ने रहर, बहुत सुन्दर रहर !
सुत्ने रहर लाग्नेलाई सुत्न दिउन,
रहर भर पुग्ने गरि !
सुत्ने मन नपराउनेहरूको कुरा अर्कै !
जिन्दगी आफ्नो,
बचाई आफ्नो
फेरि सुत्ने नसक्ने जिन्दगीको कुरा !
कसलाई केले सुत्न अप्ठ्यारो पार्यो
या आफ्नै तरिकाले यो अफ्ठ्यारो उठ्यो,
बश, अस्तित्वमा,
यस्तै कुरा उठ्यो !
कहीँ, आफूलाई लाग्दा अरुले गरे जस्तो,
कहीं, आफैलाई थाहै नपाई,
यो सन्दर्भ !
आफ्नो कुरा हैन,
अरुको व्याख्या हैन
बंश, जिन्दगी
कोहि बेला यस्तै यस्तै
के के भई रहन्छ !
नर्वे
Subscribe
Login
0 Comments
Oldest





































