साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए ! सत्यको भ्रम !

Nepal Telecom ad

थिएन सोच कत्ति नै टुसाउनेछ यो पनि
थिएन शक्ति झन् यहाँ रसाउनेछ जो पनि
न कल्पना कतै थियो बढेर भेल आउँछ
भए तिनै कुरा सबै न सोचले समाउँछ ।।

रछान झैँ यता उता थिए कयौँ कुरा यहाँ
लुकेर नै सकिन्छ झैँ थिए विचार झन् यहाँ
भएन सोच जे थियो अकल्पनीय नै भयो
बढेर भेलले सबै नयाँ विचार फैलियो ।।

म श्रेष्ठ दास ऊ सधैँ जसो जसो म भन्दछु
सदाबहार चेतना मभित्र नित्य गन्दछु
अह्राउने छ शक्ति नै अह्राउँदै म बाँच्दछु
दबेर ऊ सधैँ गरोस् विचार भित्र साँच्दछु ।।

कहाँ छ ? आज भत्कियो म तुच्छ जे निहार्दथेँ
त्यही विशाल शक्ति भो म त्रास जे सकार्दथेँ
रहेन बाँध भत्कियो घमन्ड आँंट जे थियो
निरीहता छ साथमा लुसुक्क मात्र झैँ भयो ।।

थिएन जे भयो त्यही नमान्न के म सक्दछु
मिलेछ याम नै भने म सत्य मात्र बक्दछु
छ त्रास सत्यको मुना चिमोट्न सक्छ जो पनि
भयो त्यही नहोस् नहोस् जो भन्दथेँ म झन् अनि ।।

म धैर्यको मिसालझैँ रहन्छु बन्छु सत्य हो
म ताप शक्ति नै भरी अवश्य चुम्छु लक्ष्य हो
थिए विचार अग्निझैँ प्रदीप्त पार्न आतुर
अवश्य सत्यको कसी सकिन्न बोल्छु आखिर ।।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x