सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाम्रो वैशिष्ट्य !

Nepal Telecom ad

नेपाली जनता हामी श्रोता विश्वासका घर
जसले जे भने सुन्ने वक्तामै मात्र निर्भर ।
ठुलै उत्तेजनापूर्ण जो गर्छ नित्य भाषण
बोलीमा उनकै मक्ख हामी नेपालका गण ।।

कसैले देश यो भन्छन् सच्चा स्विट्जरलैन्डझैँ
कसैका दृष्टिमा सानो स्वर्गको रूप खण्डझैँ ।
बोली सुन्न बसेका छौँ हावापानी सबैतिर
बिजुली रूपमा हुन्छन् मात्र नेपाल खातिर ।।

दगुर्छन् वायुझैँ रेल विपना बन्छ सत्य हो
घरभित्र सिधै ग्यास शङ्का छैन भविष्य हो ।
सम्बन्ध बिग्रने छैन बिग्रेको भन्छ को यहाँ
छिमेकी हेर उस्तै छन् साटिँदैन जहाँतहाँ ।।

सुन्दैछौँ चोटिला वाणी आगोपानी सँगैसँगै
अन्यत्र साथमा हुन्नन् मात्र नेपालमै सँधैँ ।
जे भनून् ध्यानले सुन्छौँ सम्मान मात्र जाग्दछ
नेपालीपनको आफ्नै दिव्यता छवि ढाक्तछ ।।

बानी वा सभ्यता हाम्रो अर्काको भरमा हुनु
आआफू द्वेषमा डुब्दै उच्च भाषण गर्जनु ।
भविष्य राष्ट्रकै निम्ति त्याग हुन्छ अवश्य रे
नेपाली जनता डुब्छौँ मिठा स्वप्न सदैव रे !

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’