साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो वैशिष्ट्य !

Nepal Telecom ad

नेपाली जनता हामी श्रोता विश्वासका घर
जसले जे भने सुन्ने वक्तामै मात्र निर्भर ।
ठुलै उत्तेजनापूर्ण जो गर्छ नित्य भाषण
बोलीमा उनकै मक्ख हामी नेपालका गण ।।

कसैले देश यो भन्छन् सच्चा स्विट्जरलैन्डझैँ
कसैका दृष्टिमा सानो स्वर्गको रूप खण्डझैँ ।
बोली सुन्न बसेका छौँ हावापानी सबैतिर
बिजुली रूपमा हुन्छन् मात्र नेपाल खातिर ।।

दगुर्छन् वायुझैँ रेल विपना बन्छ सत्य हो
घरभित्र सिधै ग्यास शङ्का छैन भविष्य हो ।
सम्बन्ध बिग्रने छैन बिग्रेको भन्छ को यहाँ
छिमेकी हेर उस्तै छन् साटिँदैन जहाँतहाँ ।।

सुन्दैछौँ चोटिला वाणी आगोपानी सँगैसँगै
अन्यत्र साथमा हुन्नन् मात्र नेपालमै सँधैँ ।
जे भनून् ध्यानले सुन्छौँ सम्मान मात्र जाग्दछ
नेपालीपनको आफ्नै दिव्यता छवि ढाक्तछ ।।

बानी वा सभ्यता हाम्रो अर्काको भरमा हुनु
आआफू द्वेषमा डुब्दै उच्च भाषण गर्जनु ।
भविष्य राष्ट्रकै निम्ति त्याग हुन्छ अवश्य रे
नेपाली जनता डुब्छौँ मिठा स्वप्न सदैव रे !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x