साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कान समातें छोडें कविता

Nepal Telecom ad

सारा शक्तिको आराधना गरें
वर्षौं वर्ष साधना गरें
ठानें हाँस्लिन् नौली सविता
मख्ख परें जन्मे कविता ।
तर घरकाले सुन्नै चाहेनन्
छिमेकीले पढ्नै जानेनन्
म त स्वयम् बनेछु रमिता
थुक्क मैले के लेख्या कविता ?
छिमेकका बेलायती कुकुर बोलाएँ
भाका हाल्दै कविता सुनाएँ
टोक्नै खोज्यो सुर हरायो
पढ्दापढ्दै मनै डरायो
टोलका भुस्याहा कुकुर बोलाएँ
उनका पुच्छरसँगै हात डोलाएँ
कविता सुनेर कुकुर भुके
आफ्नाहरूले हाँस्दै थुके
हेप्दै हेर्छन् वृद्ध बनिता
भन्छन् खुस्किस् र लेख्छस् कविता ।
घरकाले डाक्टर ल्याए
धरोधर्म पागल बनाए
बुझें समाज बुझें मानिता
कान समात्दै छोडें कविता ।

२०७३ भाद्र १०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x