टिपनटापनखितखितखित…
‘भ्यालेन्टाइन–डे‘ को बिहानै पत्नी ब्युझिएर लोग्नेलाइ कराइन्–‘मलाइ अफिस जान ढिला हुन्छ, छिटो ब्रेकफास्ट तयार पार ।‘ {{read_more}}
मस्त निद्रामा रहेको लोग्नेलाइ साह्रै रिस उठ्यो । उसले भन्यो–‘अब म तिमीसँग एक घण्टा पनि सँगै बस्न सक्दिन । आजै छोडपत्र गर्छु । अब उठेर फोन गरेर वकिलको अफिसमा जान्छु ।‘
केहीबेर पछि चुपचाप ब्रेकफास्ट बनाउन थाल्यो ।
पत्नीले सोधिन्–‘के भयो त फेरि ?‘
लोग्ने–‘वकिल साबको फुर्सद रहेनछ अहिले । पत्नी र छोराछोरीको लुगा धुँदै रहेछन् ।‘
– रामचन्द्र भट्ट
Subscribe
Login
0 Comments
Oldest




































