साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिक स्वस्थानी

Nepal Telecom ad

कुमारजी आज्ञा गर्नुहुन्छ– ‘हे अगत्स्यमुनी तहाँ उप्रान्त पत्नी हुनेले पत्नी सहितको फोटो, पति हुनेले पति सहितको फोटो, {{read_more}} परिवार देखाउन चाहनेले परिवारैको फोटो,  height=पति या पत्नी नहुनेले गर्लफ्रेण्डरब्वाइफ्रेण्डको फोटोलाई सामाजीक सञ्जालमा राखेर दुनियालाई देखाउने दिन हो यो भ्यालेन्टाइन डे नाम दिइएको दिन ।

अहिलेका केटाकेटीहरुले हरेक वर्ष फेब्रुअरी १४ मा पर्ने यो दिनलाई गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड बनाउन प्रस्ताव राख्ने दिनका रुपमा पनि उपयोग गर्दै आएका छन् ।

कुमारीजीका कुरा सुनेपछि अगत्स्यमुनी सोध्नुहुन्छ–‘प्रभो, आज फोटो फेसबुकमा नटासेमा समाजबाट बहिष्कारैमा परिने भइयो भन्ने खबर मर्त्यलोकबाट भरखरै आएको छ । के गर्दा ठीक होला ?’
कुमारजी फेरि आज्ञा गर्नुहुन्छ–‘हेअगत्स्यमुनी , साँचो मायाँ गर्नेले ३६५ दिननै गर्छन् । एक दिन फेसबुकमा फोटो टाँस्दैमा मायाँ हुने होइन । सुन्दैछु, मर्त्यलोकमा यो दिन नाटक धेरै हुन थाल्यो रे । कसैले वहिष्कार गर्दैमा वहिष्कृत होइदैन । साँचो मायाँ गर्नेका लागि पुरै वर्ष र जुनिजुनीसम्म ठाउँ खाली छ ।

‘लौ प्रभु त्यसो भए यो दिनको बारेमा पनि अलिकति प्रकाश पारिदिनुपर्यो,’ अगत्स्यमुनी आग्रह गर्छन् ।

कुमारजी फेरि आज्ञा गर्नुहुन्छ–‘हे अगत्स्यमुनि भ्यालेन्टाइन डे का बारेमा मलाई पनि त्यति जानकारी त छैन । किनभने यो ख्रिस्तान समुदायमा मात्र व्याप्त थियो पहिले । अहिले संसारभरि अरु धर्ममा विश्वास गर्नेसम्म फिजिएछ । मैले भरखरै गुगल गरेर यसबारेमा रिसर्च गर्दा सन्ट भ्यालेन्टाइन नाम गरेका एकजना पादरीले सिपाहीसँग लुकेर बिहे गर्छन । जुन तथ्य पछि खुल्छ । भ्यालेन्टाइनलाई फाँसी दिइन्छ । एउटा प्रेमीले गरेको प्रेमको बदलामा उसलाई फाँसी दिएर विछोड गराइन्छ । त्यसै दिनदेखि उनको सम्झनामा भ्यालेन्टाइन दिवस मनाउन थालिएको हो । यो चाड विछोडको प्रतीकका रुपमा छ । तर अहिले मिलनको प्रतीकका रुपमा पो अघि बढिरहेको छ ।’

‘हे अगत्स्यमुनि, यो फेसबुक भन्ने जिनिसले गर्दा पनि यो चाडमा धेरै नौटंकीहरु देख्न थालिएको छ । मुख्यकुरा पति–पत्नीबीचको मायाँ ममता भन्ने कुरा दुनियालाई देखाउनुपर्ने, सार्वजनिक गरिरहनुपर्ने विषयनै होइन । तैपनि सामाजीक सञ्जालको विकास र विस्तारले गर्दा धेरैलाई आफ्नो दम्पत्ति देखाउने अवसर मिलेको छ । भ्यालेन्टाइन डे लाई यसैका रुपमा बुझिदिनुपर्ला ।

आजै बिहान एउटा बडो रमाइलो घटना भएछ । हे अगत्स्यमुनि, त्यो पनि सुनिहाल । मेरी पत्नी देवसेनालाई पनि बडो सकसक लागेछ यो भ्यालेन्टाइन डे का बारेमा । उनी पृथ्वीलोकको पोखरा भन्ने नगरमा झरिछन् । अझ लेकसाइड तिर हेर्न मन लागेर त्यता जाँदै रहिछन् । एउटा पसलमा साह्रै भीड देखिछन् । के रहेछ भनेर त्यहाँ पसिछन् उनी । त्यहाँ त गुलाफका फूल किन्न केटाकेटीहरुको भीड पो रहेछ ।

देवसेनालाई पनि एउटा गुलाफको बुकी किनेर मलाई दिने रहर जागेछ । उनले मूल्य सोधिछन् । पसलेले त्यसको मूल्य पाँचहजार रुपैयाँ भनेछन् । 
‘ओहो एउटा बुकीको ५ हजार ?’ देवसेना सोध्छिन् ।

‘हजुर ५ हजार । यो त फ्रान्सबाट आजै बिहान आइपुगेको हो,’ पसललेले जवाफ दिएछन् ।

‘अलिकति मूल्य घटाउन मिल्दैन ?’ देवसेनाले सोधिछन् ।

पसलेले यसो तलदेखि माथिसम्म देवसेनालाई नियालेर हेरेछन् । पसलेले ओठ लेप्राएर भनेछन्–‘आन्टी ५ हजारबाट एक रुपैयाँ पनि घट्न मिल्दैन । यो गुलाफको बुकी त २५ वर्षभन्दा मुनिका युवतीहरुका लागि हो । तपाईका लागि त नारी दिवस आउदैछ ।’

देवसेनालाई पसलेले बुढी भनेकोमा झोक चलेछ र लात्ति बजार्दै त्यहाँबाट दम्पत भएर यहाँ आइपुगिन् ।

‘लौ हेर अगत्स्यमुनि, यो चाड मेरा पिता महादेवको भूमि भनेर चिनिएको नेपाललोकमा झनै विकृत रुपमा अघि बढ्दै रहेछ । आजलाई यतिनै आज्ञा गरेँ मेले । इति श्रीस्कन्दे, केदारखण्डे, माघ महात्मे….. ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x