सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

महादेवको याे कस्ताे वरदान ?

तृप्त भएपछि महादेवले वरदान दिँदै भने- ‘दुध बेच्नेहरु सबैका घरघर चाहार्नु परोस् । दारु पिउनेहरु भने खोजीखोजी भट्टीमा आउन् ।’

Nepal Telecom ad

एक पटक महादेवलाई सामान्य मान्छेको भेषमा मर्त्यलोकको गतिविधि हेर्न मन लागेछ । महादेव एकाबिहानै एउटा अधवैँशेको भेषमा काँठको एउटा गाउँमा प्रकट भए ।

साह्रै भोक लागिरहेको थियो महादेवलाई । साईकलमा दुधको भाँडो झुण्डाएर बेच्न पसेको मानिसलाई कुरेर उनी बाहिरै बसे ।

पसलबाट निस्केर दुध बेच्न अर्को ठाउँमा जान लागेको त्यो दुध बेच्ने ग्वालासँग महादेवले भनेछन्- ‘भाइ साह्रै भोक लाग्यो । आधा लिटर दुध दिनुस् न । मसँग पैसा पनि छैन ।’

दुध बेच्नेले घुर्दै हेर्यो अधवैँशे रुपी महादेवलाई ।

‘सित्तैमा दुध कहाँ पाइन्छ । सित्तै दुध खान त मेरो गोठमा पाडो भएर जन्मिनुपर्छ’ यति भन्दै साईकलमा हिँड्यो ।
भोकले रन्थनिएका महादेव नजिकैको दारु पसल (भट्टी) मा पसे ।

‘आउनुस् हजुर, के सेवा गरौँ ?’ पसलेले बडो मिजासपूर्वक सोध्यो ।

महादेवले भोक लागेकोले जे पिउन पाए पनि हुने बताए । पसलेले तीन पाने कडा रक्सी र साँधेको भटमास ल्याएर दिँदै भन्यो- ‘लौ मोज गर्नुस् गुरु ।’
महादेवले थपिथपि पिए ।

तृप्त भएपछि महादेवले वरदान दिँदै भने- ‘दुध बेच्नेहरु सबैका घरघर चाहार्नु परोस् । दारु पिउनेहरु भने खोजीखोजी भट्टीमा आउन् ।’

टेक्सास

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जँड्याहालाई नर्क

जँड्याहालाई नर्क

रामचन्द्र भट्ट
आधुनिक स्वस्थानी

आधुनिक स्वस्थानी

रामचन्द्र भट्ट