साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महादेवको याे कस्ताे वरदान ?

तृप्त भएपछि महादेवले वरदान दिँदै भने- ‘दुध बेच्नेहरु सबैका घरघर चाहार्नु परोस् । दारु पिउनेहरु भने खोजीखोजी भट्टीमा आउन् ।’

Nepal Telecom ad

एक पटक महादेवलाई सामान्य मान्छेको भेषमा मर्त्यलोकको गतिविधि हेर्न मन लागेछ । महादेव एकाबिहानै एउटा अधवैँशेको भेषमा काँठको एउटा गाउँमा प्रकट भए ।

साह्रै भोक लागिरहेको थियो महादेवलाई । साईकलमा दुधको भाँडो झुण्डाएर बेच्न पसेको मानिसलाई कुरेर उनी बाहिरै बसे ।

पसलबाट निस्केर दुध बेच्न अर्को ठाउँमा जान लागेको त्यो दुध बेच्ने ग्वालासँग महादेवले भनेछन्- ‘भाइ साह्रै भोक लाग्यो । आधा लिटर दुध दिनुस् न । मसँग पैसा पनि छैन ।’

दुध बेच्नेले घुर्दै हेर्यो अधवैँशे रुपी महादेवलाई ।

‘सित्तैमा दुध कहाँ पाइन्छ । सित्तै दुध खान त मेरो गोठमा पाडो भएर जन्मिनुपर्छ’ यति भन्दै साईकलमा हिँड्यो ।
भोकले रन्थनिएका महादेव नजिकैको दारु पसल (भट्टी) मा पसे ।

‘आउनुस् हजुर, के सेवा गरौँ ?’ पसलेले बडो मिजासपूर्वक सोध्यो ।

महादेवले भोक लागेकोले जे पिउन पाए पनि हुने बताए । पसलेले तीन पाने कडा रक्सी र साँधेको भटमास ल्याएर दिँदै भन्यो- ‘लौ मोज गर्नुस् गुरु ।’
महादेवले थपिथपि पिए ।

तृप्त भएपछि महादेवले वरदान दिँदै भने- ‘दुध बेच्नेहरु सबैका घरघर चाहार्नु परोस् । दारु पिउनेहरु भने खोजीखोजी भट्टीमा आउन् ।’

टेक्सास

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जँड्याहालाई नर्क

जँड्याहालाई नर्क

रामचन्द्र भट्ट
आधुनिक स्वस्थानी

आधुनिक स्वस्थानी

रामचन्द्र भट्ट
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x