साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो खाने चक्की होइन.. !

धन आफ्नै ढुकुटीमा राख्ने अतीव किरण्टोकी-खलकमा जन्म लिने मै मात्र छु भन्ने मेरो ठूलो अहं थियो । तर मेरो कथित अहं फगत भ्रन्ति रहेछ । “बैंकको ब्याज-दरमा ह्रास आएको पवित्र परिवेशमा धन हुनेहरूले या त आफ्नोे धन आफ्नै ढुकुटीमा राख्नू अथवा लाज नलाग्ने ब्याज-दरमा मलाई सापट दिनू ।”

Nepal Telecom ad

प्रायोजनको एउटा-न एउटा प्रयोजन हुन्छ । कुनै लेखकले आफूबारे सकारात्मक प्रचार गराउनुपर्‍यो भने समालोचकलाई प्रायोजक बनाउनुपर्छ । अखबार, रेडियो र टेलिभिजनद्वारा अक्सर कार्यक्रम र विज्ञापनको प्रायोजन गराइन्छ जसको प्रयोजन सकारात्मक प्रचार-प्रसार हो ।

“मासु पकाउँदा यसमा नुन र प्याजबाहेक अरु केही हाल्नु पर्दैन” भनी दाबी गरिएको बी.एम.सी. मीत मसला को विज्ञापनलाई त्यस्तै कोटिमा राख्नु पूर्वागरुह मानिइने छैन । यसै पनि, मासु जुनसुकै प्रविधि र पद्धतिको अनुसरण गरेर पकाए पनि मीठो वा सो-सरह त हुन्छ नै । त्यसमाथि मासु किन्ने अदम्य साहर गरिसकेपछि त्यसमा हाल्नुपर्ने नुन, प्याज, मसला त जस्तोसुकै किरण्टोकीले पनि हाल्छ । बरु भुटुन थोरै हाल्ला ! यस स्थितिमा प्रस्तावित मीट-मसला किन्ने नै किन ?

अरु चिया ल्याउने भए घरमै नआउनु भन्ने तानाशाही प्रवृत्तिको विज्ञापनले मेची स्पेशल चियाको बिक्रीमा भलै वृद्धि त होला अरे तर त्यो चिया किन्ने कामको पृष्ठमूमिमा पत्नीसँग भेट्न पाइने वा नपाईने लोमहर्पक प्रयोजन पर्यन्त समाविष्ट छ भन्ने कुरा यावत् जोइटिङ्ग्रे पतिवर्गले थाहा पाउनै पर्ने देखिन्छ । घरमै आउन नदिने र भेट्नै नदिने यस पवित्र प्रावधानले लोग्ने-भनाउँदो कुनचाहि वीर नतर्सला ! परिणाम स्पष्ट छ, काठ-चिरान गर्दा उत्पन्न हुने भुस रंगाई मिसाइएको होसर वा “बगानको ताजा चिया” नै किन नहोस् मेची देखि महाकालीसम्म “मेची स्पेशल” को महामारी नै छ ।

“राजु, तिम्रो दाँत त मोती जस्तै चम्किलो छ” भनी मूल्याङ्कन-वक्तव्य दिने मास्टर साहेब स्वयंका दाँत कति हिस्सि परेका र रहरलाग्दा छन् ? “किन नहुनु ? म डाबरको लाल दन्तमञ्जन जो प्रयोग गर्दछु” भन्ने राजुको रहस्योद्घाटन-प्रतिभा र प्रत्युत्पन्नमतिबाट पराजित भई बडे-बडे भाषाविद्सँग मैले सोधो- यो जो प्रयोग भन्ने कस्तो खालको प्रयोग हो ? कसै-कसैले आफ्नोे ज्ञान-गरिमाको विष्फोट गर्दै अथ्र्याए- “त्यो चाहिने जो भन्या जस्तै प्रयोग हो ।” जवाफ सुनेपछि जवाफ दिने मनीषीका गालामा चड्कन दिदै दाँतको प्रसंगलाई जीवन्त तुल्याउन तिनको दुई-चार दाँतलाई शहीदमा परिणत गरिदिउँ, भन्ने उत्कट इच्छा नभएको त होइन ! तर यस प्रेरक प्रसंगले मेरा मनमा अर्को खुल्दुली मचाइदियो, “डाबरको लाल दन्तमञ्जन जो-ले दाँत मोतीजस्तै चम्किलो हुन्छ” भन्ने उत्तर दिनहुँ सुन्ने ती मास्टरजी आफ्ना दाँतचाहिँ किन पहेंलपुर रख्ने गर्दछन् ?

“अलिकति दूध पाउँछु कि ?” भन्ने नितान्त नमनीय प्रस्तावका साथ खाली कप तेस्र्याउँदै छिमेककी गृहिणीसमक्ष प्रस्तुत हुने कोटा-परमिट नै पाइसकेकी ती रहरलाग्दी गृहणीमा अरुलाई मनाउन सक्ने र दिनहुँ त्यस्तो महँगो एभरीडे मिल्क पाउडर किन नपाउनु ? भन्ने उदार टिप्पणीसहित वितरण गर्न वशीभुसत तुल्याउने कुन त्यस्तो जादू छ ? उता मागेर ल्याएको एभरीडे मिल्क पाउडरबाट तयार पारिएको चिया एक कप खाइसकेपछि अर्को एक कप भनी निः संकोच थप्नखोज्ने मेरो अनुहारसँग काटीकुटी मिल्ने ते हुतीहारा लाग्ने आफ्नोे प्रतिष्ठाको पतन भएको अनुभूति किन गर्दैन ? मैले बुझ्नै सकिनँ । चियामा एभरीडे को प्रयोग मैले पनि गर्ने गरेको थिएँ, जसको पुण्य-प्रतापले. गोटा पारेर मलाई हायल-कायल पारेको सुसमाचारबाट यहाँहरूलाई सुसूचित गर्न पाउँदा मेरो छाती त्यत्तिकै फुलेर आउँछ जति श्रेष्ट टेलरिङ्ग हाउसका प्रबन्धक श्री समक्ष कोटको नाप दिँदा फुलाउनु आवश्यक हुने गर्दछ ।

बिहान ढाडमा घाम लागेपछि मात्र उठ्ने सानेको बाउ नाम नामधारी त्यस भुस्तिघ्रे कथित लोग्नेलाई कर्कटपाताको भारी बोकाउन सक्षम ती दृढकर्मा गृहिणीप्रति म नतमस्तक छु तिनको- “अँ, कर्कटपाता ल्याउने बेलाँ राम्रो गरी हेरी ल्याउनु नि !” भनी सानेको बाउलाई दिएको अर्ती र मानेको बाउको “अब त तैंले धन्नै मान्नु पर्दैन सानेकी आमा” भन्ने स्वीकारोक्ति बिहान झण्डै-झण्डै म पनि त्यसैबेला जागा हुनेहुँदा अनायास नै श्रवण गर्नुपर्छ । सानेको बाबुजस्तो दिन्हौं कर्कतपाता किन्ने औकात भएकी जोईको पोइ हुनसक्या भए त मैले यो लेख लेख्नुपथ्र्यो न त कसैद्वारा प्रायोजित जन्तु नै हुनुपथ्र्यो !

आफ्नोे धन आफ्नै ढुकुटीमा राख्ने अतीव किरण्टोकी-खलकमा जन्म लिने मै मात्र छु भन्ने मेरो ठूलो अहं थियो । तर मेरो कथित अहं फगत भ्रन्ति रहेछ । “हाम्रो धन हाम्रै ढुकुटीमा राख्छ याक” भन्ने सुन्दा याक नामधारी यी अर्का मूर्धन्य मनीषी को रहेछन् भन्ने उखरमाउलो पाराको उत्सुकता मेरा मनमा पलाउँछ । यही वाणीको प्रतापले पो अचेल पोटवालहरू बैंकमा पैसा राख्दा रहेछन् ! कुनै पत्रमा पुनश्चः ! थपी छुट बेहोरा उल्लेख गरेझैं “धुमपान स्वास्थ्यका लागि हानिकारक छ” भन्ने गर्वोक्ति सुनेपछि पैसा हुनेहरूलाई एउटा निःशुल्क सुझाव दिन मन लाग्छ । “बैंकको ब्याज-दरमा ह्रास आएको पवित्र परिवेशमा धन हुनेहरूले या त आफ्नोे धन आफ्नै ढुकुटीमा राख्नू अथवा लाज नलाग्ने ब्याज-दरमा मलाई सापट दिनू ।”

के तपाईँ साहसी हुनुहुन्छ ? यो प्रश्न जस्तोसुकै पिलन्धरे र सिन्द्रेलाई सोधे पनि उत्तरचाहिं सकारात्मक नै हुन्छ । फेरि नेपालीहरू पानी खान नपाउँदासमेत पानीदार र साहसिला चरित्रका हुने कुरामा विश्वविख्यात नै छन् । यस हिसाबमा साहसीको एक मात्र चाहना खुकुरी फिल्टर मात्र हो भन्ने तथ्यको पुष्टि हामीले साहसी मात्र भइदिए पनि यथेष्ट रूपमा हुन्छ । दुर्भाग्यले तपाई कुनै क्षेत्रमा असफल हुनुहुन्छ भने सफलताको प्रतीक शिखर फिल्टर किंग्स सल्काउनोस्, अरु थोकमा त म भन्न सक्तिनँ, खोक्ने प्रत्यिोगितामा तपाईँको असाधारण सफलता निश्चित छ । साहसी र सफल दुवै थरीको चाहिं नागरिक उत्पादन गर्ने यस महान् प्mयाक्टरीले आफ्नोे धन कसको ढुकुटीमा दाखेल गर्छ म स्वयं बैंकको खजान्ची पदमा सुप्रतिस्थापित हुनाका बाबजुद अद्यापि पत्ता लगाउन नसकेकोमा मलाई हार्दिक ग्लानि हुन्छ । तर ढिलो-चाँडो यो रहस्य कसो पो नखुल्ला भन्ने कुरामा अश्वस्त छु ।

“डाइबर दाइलाई मनपर्ने टायर, गोरखकाली रबर उद्योग पाएर” भन्ने अनुष्टुप् छन्दको भ्रान्ति हुने यो कविता गाउँले वेश-भूषामा आकर्षक परिधानले सुसज्जित हार्दिक मनोहारिणी, रूपवती एवं पाए काँच्चै निलुँजस्ती कन्याको मुखारविन्दबाट श्रवण गर्न पाउँदा मलाई नितान्त अवणर्नीय सन्तोष प्राप्त हुनाका साथै मेरा टुपी समेत ठाडा हुन्छन् । उता सँगै नारिएर मसँग टेलिभिजन हेर्न बसेकी मेरी निजी पत्नीसमेत यस विज्ञापनबाट कतिसम्म प्रभावित हुन्छिन् भने मैले लेख्नका निम्ति प्रयोग गरिरहेको कलम र कागज खोसी यसो भन्न थाल्छिन्- “होइन, लेखेर के पो लछारपाटो लाउँछ भन्ठान्या छ ? बरु यसो कुनै ट्रकको मालिकलाई ड्राइभर बनाइदिन गुहार्नु नि ! एकातिर चनमतेहरूलाई हेरी घुटुक्क थुक निल्न पाइने, उता ग्यारेन्टी समेत तीस हजार किलोमिटरको दिनेले महिनाको तीन हजार तलाब कसो पो नदेला !

“यो खाने चक्की होइन, प्रयोग गर्ने चक्की हो” भनी रेडियोबाट परिवार नियोजनको विज्ञापन सुनेर मेरो नाति बालशलभ कौतहल पोख्ने क्रममा आफ्नी बज्यै अर्थात् मेरी अर्धाङ्गिनीसँग सोध्दछ- “हजुर्मा, हजुर्मा, यो प्रयोग गर्ने चक्की भन्या कस्तो हुन्छ ? एउटा चाख्न दिस्योस्-न !” मेरी पत्नी कुटनीतिक पारामा व्याख्या गर्दै भन्छिन्-“खोई बा, बाहुनले च्याउ खाओस् न स्वाद पाओस्, मलाई थाहा छैन, आफ्नै मम्मीसँग माग-न बा !”

‘फित्कौली’ पूर्णाङ्क १९ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माड्साप्

माड्साप्

श्याम गोतामे
प्रुफरिडर

प्रुफरिडर

श्याम गोतामे
खाद्य सामग्री

खाद्य सामग्री

श्याम गोतामे
नेता

नेता

श्याम गोतामे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
साहित्य र जाँड

साहित्य र जाँड

रुद्र खरेल
रक्सी पिएर फकँदा

रक्सी पिएर फकँदा

गोपालकुमार मैनाली
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
0
Would love your thoughts, please comment.x
()
x