सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भ्यालेन्टाइन स्वस्थानी !

कुमारीजीका कुरा सुनेपछि अगत्स्यमुनी सोध्नुहुन्छ- ‘प्रभो, आज फोटो फेसबुकमा नटाँसेमा समाजबाट बहिष्कारैमा परिने भइयो भन्ने खबर मर्त्यलोकबाट भरखरै आएको छ । के गर्दा ठीक होला ?’

Nepal Telecom ad

कुमारजी आज्ञा गर्नुहुन्छ- ‘हे अगत्स्यमुनी तहाँ उप्रान्त पत्नी हुनेले पत्नी सहितको फोटो, पति हुनेले पति सहितको फोटो, परिवार देखाउन चाहनेले परिवारैको फोटो, पति या पत्नी नहुनेले गर्लफ्रेण्ड/ब्वाइफ्रेण्डको फोटोलाई सामाजिक सञ्जालमा राखेर दुनियालाई देखाउने दिन हो यो भ्यालेन्टाइन डे नाम दिइएको दिन ।

अहिलेका केटाकेटीहरूले हरेक वर्ष फेब्रसअरी १४ मा पर्ने यो दिनलाई गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड बनाउन प्रस्ताव राख्ने दिनका रुपमा पनि उपयोग गर्दै आएका छन् ।

कुमारीजीका कुरा सुनेपछि अगत्स्यमुनी सोध्नुहुन्छ- ‘प्रभो, आज फोटो फेसबुकमा नटाँसेमा समाजबाट बहिष्कारैमा परिने भइयो भन्ने खबर मर्त्यलोकबाट भरखरै आएको छ । के गर्दा ठीक होला ?’

कुमारजी फेरि आज्ञा गर्नुहुन्छ- ‘हेअगत्स्यमुनी, साँचो मायाँ गर्नेले ३६५ दिननै गर्छन् । एक दिन फेसबुकमा फोटो टाँस्दैमा मायाँ हुने होइन । सुन्दैछु, मर्त्यलोकमा यो दिन नाटक धेरै हुन थाल्यो रे । कसैले वहिष्कार गर्दैमा वहिष्कृत होइँदैन । साँचो मायाँ गर्नेका लागि पुरै वर्ष र जुनिजुनीसम्म ठाउँ खाली छ ।

‘लौ प्रभु त्यसो भए यो दिनको बारेमा पनि अलिकति प्रकाश पारिदिनुपर्यो,’ अगत्स्यमुनी आग्रह गर्छन् ।
कुमारजी फेरि आज्ञा गर्नुहुन्छ- ‘हे अगत्स्यमुनि भ्यालेन्टाइन डे का बारेमा मलाई पनि त्यति जानकारी त छैन । किनभने यो ख्रिस्तान समुदायमा मात्र व्याप्त थियो पहिले । अहिले संसारभरि अरु धर्ममा विश्वास गर्नेसम्म फिजिएछ । मैले भरखरै गुगल गरेर यसबारेमा रिसर्च गर्दा सन्ट भ्यालेन्टाइन नाम गरेका एकजना पादरीले सिपाहीसँग लुकेर बिहे गर्छन । जुन तथ्य पछि खुल्छ । भ्यालेन्टाइनलाई फाँसी दिइन्छ । एउटा प्रेमीले गरेको प्रेमको बदलामा उसलाई फाँसी दिएर विछोड गराइन्छ । त्यसै दिनदेखि उनको सम्झनामा भ्यालेन्टाइन दिवस मनाउन थालिएको हो । यो चाड विछोडको प्रतीकका रुपमा छ । तर अहिले मिलनको प्रतीकका रुपमा पो अघि बढिरहेको छ ।’

‘हे अगत्स्यमुनि, यो फेसबुक भन्ने जिनिसले गर्दा पनि यो चाडमा धेरै नौटंकीहरू देख्न थालिएको छ । मुख्यकुरा पति-पत्नीबीचको मायाँ ममता भन्ने कुरा दुनियालाई देखाउनुपर्ने, सार्वजनिक गरिरहनुपर्ने विषयनै होइन । तैपनि सामाजिक सञ्जालको विकास र विस्तारले गर्दा धेरैलाई आफ्नो दम्पत्ति देखाउने अवसर मिलेको छ । भ्यालेन्टाइन डेलाई यसैका रुपमा बुझिदिनुपर्ला ।

आजै बिहान एउटा बडो रमाइलो घटना भएछ । हे अगत्स्यमुनि, त्यो पनि सुनिहाल । मेरी पत्नी देवसेनालाई पनि बडो सकसक लागेछ यो भ्यालेन्टाइन डे का बारेमा । उनी पृथ्वीलोकको पोखरा भन्ने नगरमा झरिछन् । लेकसाइडतिर हेर्न मन लागेर त्यता जाँदै रहिछन् । एउटा पसलमा साह्रै भीड देखिछन् । के रहेछ भनेर त्यहाँ पसिछन् उनी । त्यहाँ त गुलाफका फूल किन्न केटाकेटीहरूको भीड पो रहेछ । देवसेनालाई पनि एउटा गुलाफको बुकी किनेर मलाई दिने रहर जागेछ । उनले मूल्य सोधिछन् । पसलेले त्यसको मूल्य पाँचहजार रुपैयाँ भनेछन् ।

‘ओहो एउटा बुकीको ५ हजार ?’ देवसेना सोध्छिन् ।
‘हजुर ५ हजार । यो त फ्रान्सबाट आजै बिहान आइपुगेको हो’, पसललेले जवाफ दिएछन् ।
‘अलिकति मूल्य घटाउन मिल्दैन ?’ देवसेनाले सोधिछन् ।
पसलेले यसो तलदेखि माथिसम्म देवसेनालाई नियालेर हेरेछन् । पसलेले ओठ लेप्राएर भनेछन्- ‘आन्टी ५ हजारबाट एक रुपैयाँ पनि घट्न मिल्दैन । यो गुलाफको बुकी त २५ वर्षभन्दा मुनिका युवतीहरूका लागि हो । तपाईका लागि त नारी दिवस आउँदैछ ।’

देवसेनालाई पसलेले बुढी भनेकोमा झोक चलेछ र लात्ति बजार्दै त्यहाँबाट दम्पच भएर यहाँ आइपुगिन् ।
‘लौ हेर अगत्स्यमुनि, यो चाड मेरा पिता महादेवको भूमि भनेर चिनिएको नेपाललोकमा झनै विकृत रुपमा अघि बढ्दै रहेछ । आजलाई यतिनै आज्ञा गरेँ मैले ।

इति श्रीस्कन्दे, केदारखण्डे, माघ महात्मे…..

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जँड्याहालाई नर्क

जँड्याहालाई नर्क

रामचन्द्र भट्ट
आधुनिक स्वस्थानी

आधुनिक स्वस्थानी

रामचन्द्र भट्ट
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे