साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेमपत्र

हामीले अब बुझ्नुपर्छ थपडी मार्नेहरूका कुरा माछा मार्न भनी तलाउ धमिलो पार्नेहरूका कुरा छेपारे रङले दिँदैछ दिलको तस्वीर मायाविनी हारेझैँ गरुँला म युद्ध नलडी बन्नू विजेता तिमी ।

Nepal Telecom ad

पुर्णे चन्द्रविना मसी रङविना बास्नाविना बाबरी
उस्तै हुन्छु तिमीविना म अधुरो धागोविनाको जरी
हाम्रो प्रेमिल सिन्धुमा विष घुल्यो छ्यौ युद्धवेत्ता तिमी
हारेझैँ गरुँला म युद्ध नलडी बन्नू विजेता तिमी ।
।१।
भन्छन् दर्पणमा म वृक्ष सुरिलो बाङ्गाहरूले कतै
बेच्छन् वस्त्रहरू बसी पसलमा नाङ्गाहरूले कतै
आफैं खाद्य फलाउँदैछु रसिला भन्दैछ बाँझो जिमी
हारेझैँ गरुँला म युद्ध नलडी बन्नू विजेता तिमी ।
।२।
हामीले अब बुझ्नुपर्छ थपडी मार्नेहरूका कुरा
माछा मार्न भनी तलाउ धमिलो पार्नेहरूका कुरा
छेपारे रङले दिँदैछ दिलको तस्वीर मायाविनी
हारेझैँ गरुँला म युद्ध नलडी बन्नू विजेता तिमी ।
।३।
सीमामा जुन सिन्धुतुल्य गुरु छन् श्रद्धा सुसायो बगी
ठाडो पार्न सिकाउने छ शिर जो झुक्ला उसैका अघि
चिन्ने चिन्दछ चिन्नुपर्छ चिनियो को नीम हो को चिनी
हारेझैँ गरुँला म युद्ध नलडी बन्नू विजेता तिमी ।
।४।
कालो मेघ चिरेर ए प्रियतमा भेट्ने गरी आउँला
सारङ्गी मुटुको लिई कलमले रेट्ने गरी आउँला
एकाकार भई गरौं सँगसँगै यात्रा हजारौं किमी
हारेझैँ गरुँला म युद्ध नलडी बन्नू विजेता तिमी ।
।५।
टाढा सिन्धु छ बग्नुपर्दछ नदी त्यागेर आडम्बर
बाटो छेक्न पहाडले हठ गर्‍यो लौ नागबेली पर
जित्ला सत्य अवश्यमेव नभमा झुल्केर सौदामिनी
हारेझैँ लडुँला म युद्ध कविता बन्नू विजेता तिमी ।
।६।

पञ्चेश्वर-६, बिजुल, बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x