साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जँड्याहालाई नर्क

एउटा जड्याहाको कृयाकलापले पुरै टोलबासी हैरान थिए ।

Nepal Telecom ad

 height=एउटा जड्याहाको कृयाकलापले पुरै टोलबासी हैरान थिए । गाउँमा साधु आएको बेलामा जँड्याहालाई सुधार्नका लागि गाउककलेले उसलाई समातेर साधुको अघिल्तिर पुर्याउँछन् ।

‘बाबु, यसरी दिनरात सुरापान गरेर परिवार, गाउकक समाजलाई पीडा दिने त सिधै नर्कमा पुग्छन्’ साधुले सम्झाउने प्रयास गरे ।

‘रक्सी पिउने म चाहि नर्कमा पुग्छु भने बेच्ने भट्टीवाल पुग्नुपर्दैन ?’ उसले साधुसँग जिज्ञासा राख्यो ।

‘भट्टीवाल पनि निश्चित रुपमा नर्कमा पुग्छ’ साधुले भने ।

‘अनि भट्टी अगाडी कुखुरा काटेर बेच्ने नि’ जँड्याहाले फेरि सोध्यो ।

‘ओहो त्यो मासु पसले त झनै ठूलो कुम्भीपाक नर्कमा जानुपर्छ’ साधुले उसको जिज्ञासा शान्त पार्दै भने ।

‘अनि यत्रा मान्छेलाई ख्वाउनेगरि रक्सी बनाउने कारखाना मालिक नि ?’ जँड्याहाको जिज्ञासा अझै शान्त भएको छैन ।

‘रक्सी बनाउने डिस्टिलरी साहुलाई त स्वर्गमा ठाउँ नै छैन । ऊ त यतैबाट सिधा नर्कमा पुग्छ’ साधुले जवाफ दिए ।

साधुका कुरा सुनिसकेपछि जँड्याहा बोल्यो– ‘ए हुर्रे..ल भयो । म पनि बरु नर्कै जान्छु । हामी सबैको भेट त्यहि हुनेरहेछ ।’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x