निर्मल पराजुलीमजाले हाँस्नुस् कर लाग्दैन- १
मैले पनि भन्दिहालेँ, रक्सि पिएको झोंंकमा तँ भन्दा त दोबाटोकी, भट्टीवाली जाती ।

१.
पिउँदा पिउँदै ढिलो भयो, घर पुगेंँ राती
श्रीमतीले कठालो समाई, हानी चार लाती
मैले पनि भन्दिहालेँ, रक्सि पिएको झोंंकमा
तँ भन्दा त दोबाटोकी, भट्टीवाली जाती ।
२.
किन सौता ल्याईस् भन्दै, जेठी कान तान्छे
कान्छी बुढी झनै छुच्ची, लात्ती लात्ती हान्छे
भोक लाग्दा खान दिन्नन्, दुईटै ठुस्स परि
बुढेशकालमा मैले आफैं, हुनु पर्यो भान्छे ।
३.
घरकी भन्दा भट्टी वाली, राम्री लाग्न थाली
त्यहि भएर साइनो लगाई भन्न थालें साली
अलिअलि गर्दागर्दै, मायाँ गाढा बस्यो
आजकाल उसले काले भन्छे, मैले भन्छु काली ।
४.
कन्याकेटी हुँ भन्थी, खुबै खोज्थी भाउ
होच्याएर मलाई भन्थी, दुईवटाको बाउ
मैले पनि उसको बारे, यसो बुझ्दै जाँदा
ऊ त रैछे आखिर झनै, चारवटाकी माउ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































