साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै के खै के !

Nepal Telecom ad

मैले केहिदिन केहि लेखिन height=
केहि उल्लेखनीय नै देखिन {{read_more}}
केहि उत्बोलनीय
केहि उत्दर्शनीय
केहि उत्भावनीय नै छैन
मैले केहिदिन केहि लेखिन ।

सतीदेवीको सर्वाङ्ग पतनपछि
बौलाएर
निर्बस्त्र हिंडेका महादेवलाई देखें
आफ्ना सहधर्मिणीका
आवश्यक्ताको उपहास गर्ने
परमेश्वरमा आशक्त
ऋषिपत्नीका इच्छानुकुला
परपुरुषाङ्गप्रति इर्ष्यापूर्ण श्राप बर्षाउँने
लाछी पतिहरूलाई देखें
तर
समयका उत्छालहरूलाई देखिन
जीवनका उत्हालहरूलाई देखिन
त्यसैले
मैले केहिदिन केहि लेखिन ।

हामी साँडे जुधाईको लडाँईं हेर्न बानी परेका
अरुका अग्ला घर देखेर
आफ्नु हियो जलाउँने गरेका
मन नपरेको बाटो गनाउँने
मन परेपछि जरैसम्म भ्याउँने
रमितै रमितामा रमाउँने
कुण्ठाको रागमा निर्मोही गित गाउँने
सपनाको सहरमा चुपचाप निदाउँने
उत्सङ्कल्पित जीवन हौं
तर
मैले केहि उत्भावनीय केहि देखिन
त्यसैले केहिदिन केहि लेखिंन ।

गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x