साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘च’ पुराण

Nepal Telecom ad

चावाहिलकी चम्पा चौलागाईकहाँ चाइनिजो चिम्सा चरिआँखा चिमचिम चिम्स्याउँदै चण्डोलको चण्डाल चोर चतुरे चौहान चुनावको चर्चा गर्न चाइनेजो चारदिनअघि चोरेको चुर्इँचुईँ चुर्इँकिने चप्पल चुइँकाउँदै आएछ । चम्पाको चौधसयको कोठामा चाबी, चुकुल र चुक्ली चारैतिरबाट चटाचट पारेपछि चम्पालाई चियाउँदै पसेछ । चोरको चालमा चम्पातिर चुपचाप चारपाइला चालेपछि चाइनेजो चम्पा चिच्याइछ । चित्कार छुटेपछि चम्पाको चोलो च्यात्न चम्केको चोर चतुरे अर्को चाइनी चुसाहा चोर, चाप्लुसी र चाकडी गर्ने चम्चे चरिचुच्चेकोमा कति चाँडै चुइँकीसकेछ । चड्कने चरिचुच्चे को ? चिन्नुभाछ ?
चारवर्ष चारमहिना चौधदिनअघि चुच्चेपाटीमा चहार्दा चिमाल, चौधरी, चामे र चेपाङहरूलाई चुसेर चोरेको चारपाँच सयले चाइनेजो चामुण्डा चलचित्रमा चक्रव्यूह हेर्न जाँदा चाइनेजो चामुण्डाकै चमेनागृहकी साहुनी चमेलीलाई चितुवाजस्ता चम्कीला चोरआँखा चिमचिम चिम्स्याउँदै चप, चाउचाउ, चिकेनकरी, चप्सी, चाउमिन, चिया, चुरोट, चना, चिसोपेप्सी, चोकोफन, चकलेट, चनाचटपट, चुइगम आदि चाइनी चाडपर्व जस्तो चौधथोक चिज चम्चाले चपाएर चारसय चौरासीको चर्कोविल चाहिँ चुक्ता नगरी चुड्नलाग्या चिप्लो चप्पल चुइक्याउँदै जान लागेच । चाइनेजो चमेना गृहकी चमेलीले चप्पलै चप्पलले च्यापु र चाकमा रगत चुहिनेगरी चालिसचोटी च्याँठीएर हानेसी चेप्टो चोसो चारबित्ता चोस्याएर चरिचुच्चे चिम्सा चरिआँखाले चारैतिर चियाउँदै चामुण्डा चलचित्रको चमेनागृहको चर्पीमा चुपचापसँग चारदिनसम्म बसेछ । चारदिनपछि इन्तु न चिन्तु भएर चाइने चरिचुच्चे च्यापुमाथिको चारऔंलाको चुच्चेनङ चुस्दै च्यातिएको दोचा र चुडिएको चप्पल च्यापेर चाइने चितवनको चिलाउनेनै चिलाउनेको चारकोसे घारीमा चिप्लेकिरा चपाउँदै र चिलिम चुस्दै चमेरोजस्तो चुपचाप छरे भन्ने चर्चा चल्या छ । च्व..च्व..च्व…।
चम्पासँग चम्कीने चोर चतुरे चौहानको चर्चा चाहिँ चन्द्रेले चारपाँच चोटी चैतमै चोर चतुरे चर्चा चुहाइसक्यो, चाइनेजो फेरी चोर चर्चा चुहाउँदा चन्द्रेले चाहिँ मलाई चारपाँच चोटि चड्काउँछकी भन्ने चिन्ता छ । त्यसैले चोर चतुरेको चर्चा चारैतिर म चुहाउन चाहन्न ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
0
Would love your thoughts, please comment.x
()
x