साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सागको मोल

Nepal Telecom ad

– ए ताजा साग लिनुहोस्, ताजा साग ! ऊ एकाबिहानै कराउँदै अगाडि बढिरह्यो । खर्पनको बोझले उसको काँध लचक्क परेको थियो । गोडामा फाटेका चप्पल ! टाउकोमा कुचुक्क परेको टोपी । गरुङ्गो भारी । ग्राहकको खोजीमा ऊ टोल–टोल चाहर्दै थियो ।
– ताजा साग लिनुहोस्, ताजा साग ! उसको आवाजको भोलुम बढ्यो । ऊ सोच्दै अघि बढ्यो । साग बेचेर छोराको स्कुल फिस तिर्न पैसा पुरयाउनु छ । श्रीमतीलाई लुगा हालिदिनु छ । फाटेको चप्पल फेर्नु छ । अनायास ऊ पुनः करायो– ताजा साग लिनुहोस्, ताजा साग !
गेटमा उभिएर एक गृहिणीले भनिन्– ए साग ! यता ल्याऊ । कसरी मुठाको ?
– मुठाको दस । उसले सहज उत्तर दियो ।
– कति महँगो ! तिनी सुनैसुनका गहनाले झरिझुट्ट परेकी थिइन् ।
– महँगो ? यति साग उब्जाउन कति दिनसम्म कति मिहिनेत गर्नुपर्छ, यहाँ हजुरको घरसम्म ल्याइपु¥याउन काँधको छाला जान्छ । हाम्ले किन्ने सामान पनि त महँगो छ । दस रुपियाँ त केही होइन साहुनी !… कति मुठा दिऊँ ?
– भो भो धेरै भाषण नछाँट ! पाँच रुपियाँ मुठा देऊ ।
– नाइँ हजुर ! दस रुपियाँ बढी होइन ।
– ल ल, छमा देऊ ।
– हुन्न हजुर ! दस पाऊँ ।
– कस्तो गरिब रहेछ । ल सातमा दे, दस मुठा ।– उनी झर्किन् ।
उसले छानीछानी दस मुठा साग दियो र ७० रुपियाँ खल्तीमा हाल्दै भन्यो– एउटा मुठा सागलाई दस रुपियाँ पनि दिन नसक्ने साहुनी पो गरिप !
– ‘हुँ !’ गृहिणी ठस्किँदै भित्र पसिन् ।
खर्पन जुरुक्क उचालेर ऊ बाँकी साग बेच्न अगि बढ्यो– ताजा साग लिनुहोस्, ताजा साग !!

भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
0
Would love your thoughts, please comment.x
()
x