साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिकार गर्नुअघि…

भ्रममा छौ तिमी, सबै खेलहरू खेलजस्ता हुँदैनन्, शिकार गर्नुअघि बिरालाले पनि मुसो खेलाउँछ

Nepal Telecom ad

रमेश लामिछाने ‘अविरल’ :

अहंकारीले अहंकार देखाएर पो के पाउँछ
समय आएपछि समयले सबक सिकाउँछ

असिना बनेर आउनेको के प्रतिकार गर्नु खै ?
मात्र धैर्य गरिदिए पुग्छ, त्यो आफै हराउँछ

बैँसले उन्मत्त पुतली मैयालाई के था’ विचरा
बत्तीको उज्यालाले किरालाई कसरी सिध्याउँछ

भ्रममा छौ तिमी, सबै खेलहरू खेलजस्ता हुँदैनन्
शिकार गर्नुअघि बिरालाले पनि मुसो खेलाउँछ

समस्या भन्नु नै अवसर हो, तब बन्छ जिन्दगी
हरेक मुस्किलले सफलताको बाटो देखाउँछ ।

०००
मध्यनेपाल नपा- ६, भोर्लेटार, लमजुङ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
0
Would love your thoughts, please comment.x
()
x