अर्जुन पराजुलीभ्यु-टावरका तीन भ्यु
आहा !!! तुइनको बीचबाट फुत्त नदीमा खस्दै गरेको मान्छे पनि हाँस्दै गरेको देखिँदोरहेछ भ्यु-टावरको दूरबीनबाट !!!

१.
आहा !!!
रुँदारुँदै अूताउनै लागेकी आमालाई
अन्तिम पटक आफ्नु अनुहार देखाउन
प्लेनबाट एयरपोर्टमा ओर्लिदै गरेको
शव बाकसलाई पनि
चुनावको मतपेटिका देखिँदोरहेछ
भ्युटावरको दूरबीनबाट !!!
२.
आहा !!!
तुइनको बीचबाट फुत्त
नदीमा खस्दै गरेको मान्छे पनि
हाँस्दै गरेको देखिँदोरहेछ
भ्यु-टावरको दूरबीनबाट !!!
३.
देश बनाउने भए, महोदय !
बनाउनु पर्छ-
एउटा घरमा एउटा भ्यु-टावर !
भ्यू-टावर नै नबनाए
देश केमा चढेर हेर्नु ?!
हेर्दै नहेरे कसरी बनाउनु ?!
नहेरी बनाउँदा
थियो आफ्नु देश बन्नुपर्ने
बन्यो अरुको देश भने के गर्नु ?!
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































