साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म भ्यु टावर चढिरहेछु

चढ्न सक्दिन अब अरु तलाहरू चढ्नुस् तपाईं पनि समृद्धिको यो भ्यु टावर, जहाँबाट देख्नुहुनेछ सुन्दर देशको यी कुरुप अनुहारहरू ।

Nepal Telecom ad

महाराज ! म भ्यु टावर चढिरहेछु
मेरो शहरमा, मेरै निम्ति, मेरै पसिनाबाट
हजुरको आज्ञाले ठडिएको एक विशाल भ्यु टावर

पहिलो तला
जहाँबाट सिंगमरमर र मार्बलको भुइँ टेकेर
खास टाढासम्म त केही देख्न सकिंदैन
तर युरोपियन सिसावाला झ्यालबाट प्रष्ट सुनिन्छ
एक भिखारीको रोदन, एक ठेलावालाको चीत्कार
पोलेको मकै, पानीपुरी र चटपटे बेच्नेहरूको कर्कस
दोश्रो तला
जहाँबाट नजिकैको सडक पेटी र गल्लीहरू देखिन्छन्
काम र मामको आशामा चौबिसै घण्टा
केही हात्तीछाप चप्पल र केही गोल्डस्टार जुत्ताहरू
केही बूढो स्टकोट र केही थोत्रा पाइजामाहरू
खाली पेट भौतारिरहेका छन् यता उता

तेस्रो तला
जहाँबाट शहरको मध्य भागसम्म चियाउन सकिन्छ
र देखिरहेछु मेरो शहरका अधिकांश बेदनाहरू
पर एक प्राइभेट हस्पिटलमा
बिल तिर्न नसकेर सड्न लागेको एक लास
तल एक बोर्डिङ स्कुलमा
फि तिर्न नसकेर घोक्र्याइएको एक कणर्धार
त्यहाँ एक लाइन होटलमा
दिउँसो पानी र राती जवानी बेच्न बाध्य एक चेली
उता एक प्राइभेट बैंकको काउण्टरमा
मासिक किस्ता तिर्न नसकेर रोइरहेको एक खुद्रा पसले

चौथो तला
जहाँबाट शहरभन्दा पर गाउँसम्मै देख्न सकिन्छ
बाबू खाडी र आमा पोइल गएको एक अबोध बालक
परिवारको भोक र लाज तानिरहेको एक रिक्सा चालक
पिठ्युँको भारी भन्दा गह्रौं मनको भारी बोक्ने एक भरिया
साहुको जमिन भन्दा ठूलो दुखको पहाड जोत्ने एक हलिया

पाचौं तलाबाट त महाराज
अचम्मै देखियो
शहरभन्दा टाढा समुन्द्र पारसम्म
छर्लङ्गै देखियो
सिमले खेत बन्धकी राखेर एक युवक
तातो बालुवामा उँट सँगै आफै चरिरहेको
स्वास्नीको गहना बेचेर एक लोग्ने
चौकीदारी गेटमा कालो बुटसँगै आफै बजारिरहेको
अरुलाई यौवनको पोखरीमा डुबाएर एक युवती
आफू निर्वस्त्र आँसुको तालमा डुबिरहेको
टिनको बाकस भरी पैसा जमाउने एक सपना
काठको बाकसमा आफै जमिरहेको

महाराज !
मैले त आँखा बन्द गरेँ
हेर्न सकिन यी सबै सबै दृश्यहरू
चढ्न सक्दिन अब अरु तलाहरू
चढ्नुस तपाईं पनि समृद्धिको यो भ्यु टावर
जहाँबाट देख्नुहुनेछ सुन्दर देशको
यी कुरुप अनुहारहरू ।

चिचिला – २ संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x