साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरफहरू

हे हरफहरू किन पढ्दैनौ उनका चिठीहरू जसले पार्सलमा पठाएको पोते र चुरा हात नपर्दै आफै बाकसमा उडेका छन् ।

Nepal Telecom ad

हे हरफहरू
किन अट्दैनन तिम्रो चौकसमा
ति टारी, बारी र मझेरीहरू
जो जोतीन र पोतिन हली कुरेका छन ।

बोल हरफहरू
किन अट्दैनन् तिम्रो चौकसमा
चाउरिएका गाला र फुटेका पैताला
जिउनलाइ जो घरी घरी मरेका छन् ।

जबाफ देउ हरफहरू
किन बोल्दैनन् बिलौना बनी
नसुन्ने कानका र नदेख्ने आँखाका
जस्ले मर्नको लागि मलामी कुरेका छन् ।

हे हरफहरू
किन पढ्दैनौ उनका चिठीहरू
जसले पार्सलमा पठाएको पोते र चुरा
हात नपर्दै आफै बाकसमा उडेका छन् ।

हे हरफहरू
किन पढ्दैनौ ती अधबैशे मनहरू
जो बेच्छन् अङ्ग र यौनाङ्ग
र त हजारौंका भोक पुरेका छन् ।

हे हरफहरू
तिमी मात्र सुन्छौ र लेख्छौ किन
किनिएको मसिले लेखेको कथा
जो कलमहरू पैसाले पुरेका छन् ।

डार्बिन, अष्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जित्नु छैन अब

जित्नु छैन अब

श्याम पाण्डे
हामी मिलेर घिचौँ

हामी मिलेर घिचौँ

श्याम पाण्डे
फूलको गुनासो

फूलको गुनासो

श्याम पाण्डे
रेत र महल

रेत र महल

श्याम पाण्डे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x