साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तान्त्रिक तथ्य

त्यसपछि तान्त्रिकहरूले राष्ट्रवाद, जनवाद र परराष्ट्रवादको विषयमा बेग्लाबेग्लै नयाँ पसल उद्घाटन गरे ।

Nepal Telecom ad

एकाएक कुकुरले झम्ट्यो । बटुवाले नजिकैको तान्त्रिकलाई सोध्यो ।
-“तपाईं तान्त्रिक हुनुहुँदो रहेछ । यो कुकुरले मलाई आज किन झम्ट्यो ?”

तान्त्रिक अलमलमा पर्यो । उसमा एउटा ठुलो सङ्कट देखा पर्यो । तन्त्रविद्याको साधक भएकोले नैतिक प्रश्न जन्मियो । त्यसपछि उसले बटुवालाई जवाफ दियो ।
-“कुकुर बौलाएछ !”

बटुवा बाटोमा हिंड्दैथियो । अलिपर पुगेपछि अर्को कुकुरलाई देख्यो । त्यो कुकुर अर्कै बटुवालाई देखेर भुक्दै गरेको थियो । हिडिरहेको बटुवा देख्नासाथ भुकिरहेको कुकुर लुसुक्क छेउ लागेर पुच्छर हल्लाएर नजिक पुग्यो । हिंडिरहेको बटुवाले पुनः अर्को तान्त्रिकलाई भेटेर सोध्यो ।

-“भुकिरहेको कुकुर किन ? चुपचाप मेरो छेउमा आएर पच्छर हल्लायो ?” त्यो तान्त्रिक अलि नरम स्वभावको थियो । उसले प्रश्न सोध्ने बटुवालाई जवाफ दियो ।
-“त्यो मेरो कार्यकर्ता हो !”
-“अरे ! तान्त्रिकको पनि कार्यकर्ता हुन्छ र ?”
-“यस्तो कुरा तपाईंले बुझेको भए त नेता नै हुनुहुन्थ्यो नि !”

बटुवालाई तान्त्रिक भन्ने जात नेता हुनेरहेछ भन्ने लाग्यो । बाटो हिंड्दै गयो । अलिपर पुगेपछि एउटा कुकुरले मलिकको ओठ चाटिरहेको देख्यो । उसलाई अचम्म लाग्यो। उस्ले मुख नजिकै मान्छेको मुख चाटिरहेको देखेपछि छेउको अर्को तान्त्रिक भए ठाउँमा गएर सोध्यो। त्यो तान्त्रिक अलिकडा स्वभावको थियो । उसले बटुवाको प्रश्न सुन्ना साथ कडा जवाफ फर्काई रह्यो ।
-“देख्नु भएन ? मेरो व्याख्यात्मक टिप्पणी टाँसेको !”

बटुवा झन अलमलमा पर्यो । उसको मनमा एउटा कडा तथ्य पैदा भयो । यसबेला उसले लिएको गन्तव्य अनिश्चित हुँदैगयो । भेटेका सबै तान्त्रिकहरूले घर ढुकुवा जनावरको सुधोपनको आफ्नो आफ्नो तर्क दिए पनि उनीहरूको सडकमा व्यतित जीवनको बारेमा कसैले जवाफ दिएनन् । त्यसपछि बटुवाले घोषणा गर्यो ।
-“अराष्ट्रिय तन्त्रका हजुरिया !”

त्यसपछि तान्त्रिकहरूले राष्ट्रवाद, जनवाद र परराष्ट्रवादको विषयमा बेग्लाबेग्लै नयाँ पसल उद्घाटन गरे ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
बाजी

बाजी

डा. विदुर चालिसे
जँड्याहा पत्रिका

जँड्याहा पत्रिका

रामकुमार पाँडे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नियति

नियति

किशन पाैडेल
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
0
Would love your thoughts, please comment.x
()
x