साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उहाँ हजुर !

भनिदिनू उहाँ हजुरलाई, अब कमसेकम म भेडो भएर उहाँ हजुरको दर्शन गर्न उपस्थित हुन्न ।उहाँ हजुरको मतियार बन्न र बनाउन कुनै सार्थकता हुन्न ।

Nepal Telecom ad

उहाँ हजुर मलाई सम्झिरहनुहुन्छ अरे
भेट हुँदा मलाई भन्नुहुन्छ ।

उहाँहजुर पहिला त मेरो मित्र हुनुहुन्थ्यो
मेरो मनमिल्दो साथी हुनुहुन्थ्यो
मेरो कमरेड हुनुहुन्थ्यो
मेरा घरमा आउनुहुन्थ्यो,
घरमा पाकेको सितोपिठो खानुहुन्थ्यो
मसँगै गुन्द्रीमा, पिरामा, गजेरामा बस्नुहुन्थ्यो
अचेल त उहाँ हजुर हिंड्नओर्न छोड्नुभयो
उहाँहजुरको अचेल ‘सवारी’ हुन्छ
खानओर्न छोड्नुभयो ‘ज्यूनार’ हुन्छ
बस्नओर्न छोड्नुभयो ‘राज’ हुन्छ
‘सवारी, ज्यूनार, राज’ मेरामा कहाँ नसिव हुनू !
उहाँ हजुर मलाई सम्झिरहनुहुन्छ अरे
भेट हुँदा मलाई भन्नुहुन्छ ।

उहाँहजुर व्यस्त हुनुहुन्छ
कहिले हेलिकप्टरमा पश्चिम
कहिले हावाजाजमा पूर्व
वातानुकूलित पजेरोमा भ्याई-नभ्याई दौडादौडी
मजस्ताहरूका समस्याहरू, मुद्दामामिलाहरू सुन्न
‘अँ-अँ हो-हो’ भन्न व्यस्त हुनुहुन्छ
मन्त्री-प्रधानमन्त्री हुन
आफ्नाहरूलाई मन्त्रीसन्त्री बनाउन
उहाँहजुरलाई कस्तो भ्याई-नभ्याई छ
कस्तो धपेडी छ !

कस्तो धपेडी छ उहाँ हजुरलाई !
पुराणहरूको उदघाटन गर्न
ज्ञानयज्ञ र ज्ञानमहायज्ञहरूको सुरुआत गराउन
मन्दिरहरूको शिलान्यास गर्न
कोटीहोमहरू, महाकोटीहोमहरूमा चरु होम्न
कस्तो भ्याई-नभ्याई छ !
कस्तो धपेडी छ !
राममन्दिर र श्याममन्दिरमा घण्ट चढाउन
सुन र चाँदीका जलधारीहरू चढाउन !

हिजो अन्तर्वार्तामा भन्दैहुनुहुन्थ्यो
उहाँ हजुर सुख-चैन मनपराउनु हुन्न
मिठोमसिनो रुचाउनुहुन्न
दौडधूपमै छ उहाँहजुरको जीवन हेलिकप्टरमा, हावाजाजमा
जल्लोखल्लो नै छ उहाँहजुरको खान्की
रिसोर्ट-सिसोर्टमा, तारेहोटलहरूमा
रुखोसुखोमै छ बसाइ
वातानुकूलित महलहरूमा ।

उहाँ हजुर कम्निस्ट हो
कम्निस्टहरूकै खाँट्टी नेता हो
संसार बदल्न चाहनेहरूकै नेता हो
“संसार बदल्न चाहनेले पहिला आफूलाई बदल्नुपर्छ” भन्छन् नि
हो उहाँ हजुर आफूलाई पूणर्रुपमा बदलेकै नेता हो
उहाँ हजुर पूणर्रुपमा बदलिएकै नेता हो ।

कता हो, जिल्लामा कार्यक्रम राखिएको छ अरे
उहाँहजुर नै प्रमुख अतिथि अरे
मलाई पनि उपस्थित हुन उर्दी आएको छ
आफूलाई बदल्न नसकेको मलाई
त्यहाँ उपस्थित हुन पटक्कै मन छैन
केही भलाकुसारी गर्न पटक्कै जाँगर छैन
धनुषाकार नमस्कार गर्न त झन् अहँ मनै छैन ।

ए मेरा साथीहरू !
सुनाइदिनू उहाँ हजुरलाई
संसार बदल्न अब यही पाराबाट संभव छैन
प्रधानमन्त्री धेरै बदलिए
मन्त्रीहरू पनि धेरैधेरै बदलिए
तर संसार उस्ताको उस्तै रह्यो
घुम्ने कुर्सीमा नबस्नेहरूको संसार उस्ताको उस्तै रह्यो
भनिदिनू उहाँ हजुरलाई
अब कमसेकम म भेडो भएर उहाँ हजुरको दर्शन गर्न उपस्थित हुन्न
उहाँ हजुरको मतियार बन्न र बनाउन कुनै सार्थकता हुन्न
संसार बदल्नु भनेको यस्तो पटक्कै हुन्न ।

संसार बदल्नु भनेको के हो ?
ढाँट कुरा, छली कुरा छोडिनु पर्‍यो
आफूलाई बदल्नु भनेको के हो ?
छ्याङ्ङ अर्थ लाग्नुपर्‍यो
अब यो ‘चुचे ढुङ्गो उही टुङ्गो’ गर्दै
हामीलाई भेडो बनाएर उस्तै ‘राजा’ बन्ने कुरा
यस्तो गैतल कुरा फाजिल हुनुपर्‍यो ।

भनिदिनू ए मेरा मित्रहरू उहाँ हजुरलाई
अब मेरा आँखा उहाँतिरबाट भागे
अब मेरा आँखा नयाँ पालुवातिर लागे
अब मेरा आँखा नयाँ पिंढीतिर लागे ।

मिति २०७७/२/१६
मेचीनगर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुस राजा बारुद राजा

बुस राजा बारुद राजा

पुण्यप्रसाद खरेल
हुरी

हुरी

पुण्यप्रसाद खरेल
उठ ! जुरुक्क जुरुक्क उठ !

उठ ! जुरुक्क जुरुक्क...

पुण्यप्रसाद खरेल
महिषासुर ब्याउँछ

महिषासुर ब्याउँछ

पुण्यप्रसाद खरेल
‘तपाईंको नाम के हो ?’ का रुद्र खरेल

‘तपाईंको नाम के हो...

पुण्यप्रसाद खरेल
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x