साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोरा मान्छेले रुनु हुँदैन ?

मन ढुङ्गा बनेर हुर्किन्छ कोमल रहँदैन मन भाँचिदैन र मनबाट त्यो धमिलो रेत बगेर नयनको डिलमा आइ टिल्पिलाउँदैन र त लोग्ने मान्छेहरू कहिल्यै रुँदैनन् ।

Nepal Telecom ad

आमाले सधै भन्नुभयो
छोरा मान्छेले रुनु हुँदैन
तर कहिले भन्नु भएन
किन छोरा मान्छे ले रुनु हुँदैन ?

सानो छँदा
यो वाक्यांशले भ्रमको बिउ रोप्यो
लागिरह्यो, हुर्केर छोरा मान्छेहरू
अविछिन्न विजयी रहन्छन्
कहिल्यै हार्दैनन् ।

मन ढुङ्गा बनेर हुर्किन्छ
कोमल रहँदैन
मन भाँचिदैन
र मनबाट त्यो धमिलो रेत बगेर
नयनको डिलमा आइ टिल्पिलाउँदैन
र त लोग्ने मान्छेहरू कहिल्यै रुँदैनन् ।

यो प्रश्न म सँगसँगै हुर्कियो
मैले हरेक ऋतुहरूलाई सोधें
प्रत्येक उकाली ओरालीहरूलाई सोधें
उत्तर कसैले भनेन,
बरु उल्टै खिसिट्युरी गरे
प्रश्न गम्भीर बन्दै गयो
र म उत्तर खोजिरहें
किन, लोग्ने मान्छेहरू रुनुहुँदैन ?

आमा,
बर्तमानले मसँग उत्तर खोज्छ
र दोहोर्‍याइ तेहर्‍याइ प्रश्न सोध्छ
रोएर कमजोर हुने भए
ती अटल र अविचलित आमा पलपल किन रुन्छिन्
त्यो विशाल गगन किन बर्सिन्छिन्
र गगन बर्सिएपछि
धर्ती शितल किन हुन्छिन् ?

०००
अस्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जित्नु छैन अब

जित्नु छैन अब

श्याम पाण्डे
हामी मिलेर घिचौँ

हामी मिलेर घिचौँ

श्याम पाण्डे
फूलको गुनासो

फूलको गुनासो

श्याम पाण्डे
हरफहरू

हरफहरू

श्याम पाण्डे
रेत र महल

रेत र महल

श्याम पाण्डे
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x