साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी मिलेर घिचौँ

सबै मिलौं देश दोहनको महान अभियानमा फेरि हातेमालो गरौं जसो तसो चुनाव जितौं बचें खुचेको तिमी हामी मिलेर घिचौं । आऊ सबै फेरि हामी जुटौं अलिकति बाँकि छ पिंधै चाटि यो देश लुटौं ।

Nepal Telecom ad

टुटेका फुटेका
चोइटिएका उछिट्टिएका
खुइलिएका उब्लिएका
आशे टुहुरा गासे टुहुरा
सबै जुटौँ
अझै अलिकति बाँकि छ
मङ्सिरमा फेरि उठौँ
र फेरि धित मर्ने गरि लुटौँ ।।

बाबा बलत्कारी
व्यभिचारी अत्याचारी
पूर्व क्रान्तिकारी
अहिले कहलिएका भ्रष्टाचारी
सबैमा आह्वान फुकौँ
मिलेर फेरि उठौँ
अलिकति बँचेको छ अझै
आऊ फेरि सबै हामी जुटेर लुटौँ ।।

कम्तिमा एक पटक जेल पसेको
पटक पटक अख्तियारले लखेटेको
भए भ्रष्टाचारको मुद्दा लड्दै गरेको
अनुभवी पहिले पनि देशलाई डसेको
सुटकेस भरेर धन बुझाउन सक्ने
परेको खण्डमा आफ्नै आमालाई टोक्ने
फेरि सबै मिलेर उठौँ
र पिंधै चाटेर यो देशलाई लुटौँ ।।

टोले गुण्डा ठेकेदार
गुण्डा मवाली समाजवादी
नदी ताल बेच्ने राष्ट्रवादी
राष्ट्रिय अन्तर्राष्ट्रिय झुण्डवादी
सबै मिलौँ देश दोहनको महान अभियानमा
फेरि हातेमालो गरौँ
जसो तसो चुनाव जितौँ
बचें खुचेको तिमी हामी मिलेर घिचौँ ।।

आऊ सबै फेरि हामी जुटौँ
अलिकति बाँकि छ पिंधै चाटि यो देश लुटौँ ।।

०००

डार्बिन, अस्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जित्नु छैन अब

जित्नु छैन अब

श्याम पाण्डे
फूलको गुनासो

फूलको गुनासो

श्याम पाण्डे
हरफहरू

हरफहरू

श्याम पाण्डे
रेत र महल

रेत र महल

श्याम पाण्डे
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x