साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्युँदाहरू मरेका छन्

त्यसैले त म भन्छु ज्युँदाहरू मरेका छन् मुर्दाहरू तान्डव नाचेका छन् चलाखहरू जुताको तलुवा चाट्छन् मुर्खहरू राक्षसी हांँसो हाँसेका छन् ।

Nepal Telecom ad

ज्युँदाहरू मरेको नाटक गर्छन्
मुर्दाहरू तान्डव नाचेका छन्
चलाखहरू चाकरीमा ब्यस्त छन्
एक हुल मुर्खहरूले गद्दी हाँकेका छन् ।

अन्त बुद्धिजीबी खबरदारी गर्छ
यता कलो कुरेर ढोकामा बस्छ
एउटा मुर्ख माला पहिरेर सिंहदरवार पस्छ
पहिलो दस्तखतमै दुईचार करोड डस्छ ।

अन्त संसदमा कानून बन्छ
यता गाँजा र धतुरो फल्छ
त्यसैले त भोक बढि लाग्छ
बिकाशको बिटो सबै पेटमै हाल्छ ।

नपत्याए यिनका पेट हेर्नुस्
सबैका दुई मिटर लत्रेका हुन्छन्
ज्वाईं जेठान सासू ससुरा साली जेठानी
सबैका बैंक एकाउन्ट फक्रेका हुन्छन् ।

एउटा पटमुर्ख राजा बन्छ
अरिंगालहरू रक्षा गर्छन्
यी कपुतहरूको लामै लाइन छ
भन्देऊ न प्रभु यी सबै कहिले मर्छन् ?

ए बोल हो ज्युँदाहरू हो
सकेसम्म यिनीहरू
आमालाई नै बेच्छन्
तिमीलाई नै कुनै दिन
मुगलानतिर खेद्छन् ।

त्यसैले त म भन्छु
ज्युँदाहरू मरेका छन्
मुर्दाहरू तान्डव नाचेका छन्
चलाखहरू जुताको तलुवा चाट्छन्
मुर्खहरू राक्षसी हांँसो हाँसेका छन् ।

अस्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जित्नु छैन अब

जित्नु छैन अब

श्याम पाण्डे
हामी मिलेर घिचौँ

हामी मिलेर घिचौँ

श्याम पाण्डे
फूलको गुनासो

फूलको गुनासो

श्याम पाण्डे
हरफहरू

हरफहरू

श्याम पाण्डे
रेत र महल

रेत र महल

श्याम पाण्डे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x