साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जित्नु छैन अब

राताम्य अनुहारले ऐनासँग हार्छ हिउँलाई जितेर उचाइ नाप्नेलाई ओर्लिंदा ओर्लिँदै हिँउले नै मार्छ बस ! जितले स्वर गर्छ, दम्भ सिकाउँछ एक दिन एउटा हार बनेर पिठ्युँ हिर्काउँछ ।

Nepal Telecom ad

श्याम पाण्डे :

आकाश र बादलको
आबेगलाई बोकेर
धर्ति फुटाउंला झै गरि
दम्भ बोकेर वर्षिने असिना
छिनभरमै पानी हुन्छ
उसलाई जित्यो भन्नु कि हार्‍यो भन्नु ?
पहरा र झुपडीहरू
बगांउदैं उर्लिएको खहरे
तल समथर बगरमा
आफैले बगाएका
ढुंगाहरूले छेकेको बाँधमा मत्थर हुन्छ
खहरेले जित्यो भनु या हार्‍यो भन्नु ?
पातले टिपेको
सानो आगोको झिल्को
एकैछिनमा संसार जलाउने दम्भ बोकेर
सिरानमा पुग्दा नपुग्दै
पानी भेटेपछि सेलाउँछ र बिलाउँछ
आगोले जित्यो भनु या हार्‍यौ भन्नु ?
जितेर अबिरले
राताम्य अनुहारले ऐनासँग हार्छ
हिउँलाई जितेर उचाइ नाप्नेलाई
ओर्लिंदा ओर्लिँदै हिँउले नै मार्छ
बस ! जितले स्वर गर्छ, दम्भ सिकाउँछ
एक दिन एउटा हार बनेर पिठ्युँ हिर्काउँछ ।

०००
अस्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हामी मिलेर घिचौँ

हामी मिलेर घिचौँ

श्याम पाण्डे
फूलको गुनासो

फूलको गुनासो

श्याम पाण्डे
हरफहरू

हरफहरू

श्याम पाण्डे
रेत र महल

रेत र महल

श्याम पाण्डे
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x