साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आइसियुमा मोबाइल

उसको भनाइ यो थियो कि ऊ हुँदाहुँदै बुद्धसित किन झगडा गर्नुृ ? मैले सोझै भनें - घरमा दिव्य सुन्दरी श्रीमती हुँदाहुँदै कतिपय मानिस अर्काकी श्रीमती ताक्छन् कि नाइँ ?

Nepal Telecom ad

बटमबाला मोबाइलमा खल्तीमा थियो । अक्षयकुमारको बेट बटम फिलिमभन्दा पनि मन पथ्र्यो । अझ म पनि कुनै दिन बेल बटम पाइन्ट लगाएर जब बजारमा निस्कन्थें तब पुरातात्विक महत्वको मेरो बटमबाला मोबाइलले मेरो शानमा चार चाँद लगाउँथ्यो । भुँइमा लतारिने किसिमको मेरो बेल बटम पाइन्ट पुरानो जमानाको अमिताभ बच्चनको त्यो सुपर हिट पाइन्ट जस्तो थियो जुन भुइँतिर कम्तीमा एक हात चौडा हुन्थ्यो । तल फुकेको र माथि फुकेको पाइन्टको खल्तीमा बटमबाला मोबाइलको शान नै बेग्लै ।

कुन्नि के दशा लागेर परदेशी छोरोले बलजफ्ती स्क्रीन टच मोबाइल किन्न लगायो । कुनै जरुरी छ र सबैलाई स्क्रीन टच भएपछि मलाई पनि त्यही मन पर्छ भनेर । छोराछोरीले मेरो लागि होइन, आफ्नो इज्जताको लागि नयाँ मोबाइल किन्न लगाएका हुन् । ठिकै छ, मेरो कारणले अर्काको इज्जत बढ्न पुग्छ भने मेरो यसका पैसाबाहेक केही जाँदैन । अझ बरु छिमेकीको पनि इज्जत बढोस् । तर मलाई त कुन कुरामा विश्वास लाग्छ भने जब म ऐतिहासिक तथा पुरातात्विक महत्वको गौरवशाली बेल बटम पाइन्ट र बटमबाला मोबाइल बोक्दछु तब मलाई लाग्दछ कि म आफैँमा ऐतिहासिक र गौरवाशाली पुरातात्विक महत्वको मनुवा हुँ ।

यसै विषयमा एक दिन बुद्ध चोकमा मसित एकजनाको लफडा भएको थियो । बुद्धचोकमा हामीले एक अर्काको टाउको नै फुटाउने काम गरे पनि दिमागमा शान्ति भरिदिने कोही थिएन । दिउँसो पो भीड हुन्छ त । कोरोनाको संकटकालमा राति बुद्ध चोकमा पहिले त भगवान बुद्धिसितै झगडा गरिरहेको थिएँ । मैले झगडा गरेको एकजना भलादमीलाई चित्त बुझेनछ । उसको भनाइ यो थियो कि ऊ हुँदाहुँदै बुद्धसित किन झगडा गर्नुृ ? मैले सोझै भनें – घरमा दिव्य सुन्दरी श्रीमती हुँदाहुँदै कतिपय मानिस अर्काकी श्रीमती ताक्छन् कि नाइँ ?
उसले सोझै भन्यो ः तेरी श्रीमती नराम्री छ भन्दैमा तैँले मेरै श्रीमती ताक्ने ?
म – मैले तपाईँलाई चिनेकै छैन ?
ऊ – मेरी श्रीमतीलाई चिने भइहाल्यो नि, मलाई किन चिन्थिस् ?

अलिकति पिएको थिएँ, उसको बोलीले पूरा होसमा ल्याइदियो । मैले भने ः धरोधर्म, मैले सपना पनि आफ्नीबाहेक अरुतिर हेर्दिन । एक रात सपनामा यस्तै बर्बराएको थिएँ, टाँगाको घोडाले लात्ती हानेझैँ पत्नीजीले दिएको लात्तीले मेरो सपना त बेपत्ता भएको छ । त्यसपछि अहिलेसम्म कुनै सपना आउँदैन मेरो ओछ्यानमा ।
ऊ ः तेरी श्रीमतीजस्ती आइमाइसित त हामी बस्नै सक्दैनौँ । श्रीमती त मेरीजस्तो हुनुपर्छ । आहा, उसलाई देख्यो कि सपना देख्नै नपर्ने ।

अब उसलाई जिस्क्याउने मौका मिल्यो । मैले भने ः उसो भए यार, एक दिनको लागि भए पनि मेरो सपना सापटी नै सही तिम्री श्रीमतीलाई पठाइदेऊ न । त्यो मेरो परम सौभाग्य हुनेछ ।
मेरो कुरो फुत्किन नपाउँदै बुद्धकै अगाडि उसले दिएको लात्तीले म रन्थनिएँ । बुद्धकै मूर्तिमा चोट लाग्यो र मैले पनि एक लात्ती दिएर कुलेलम ठोकें । रुँदै कराउँदै भाग्दै गर्दा पो निद्रा खुल्यो त ।

बटमबाला मोबाइलको नाम राजा राखेको थिएँ । जब त्यसको रिङटोन बज्दथ्यो तब घरका सबैले भन्ने गर्दथे ः राजाबाट बोलाबट आएको छ । राजा बोलाइराखिस्यो । एक दिन मेरी पत्नीले यसो भनेकी थिइन् ः राजाजी बोलाइराखिस्या छ ।

यो राजाजी मलाई भनेकी हुन् कि मोबाइललाई वा अरु कसैलाई, मैले अहिलेसम्म बुझ्न सकेको छुइनँ ।
जे होस्, साह्रै मनपर्ने बटमबाला मोबाइल हुँदाहुँदै रहरले होइन करले नै भए पनि कसैले दुईओटा बिहे गरेर घरमा भित्र्याउनु परेझैँ मैले पनि स्क्रीन टचलाई भित्र्याएँ । नयाँ मोबाइल त नयाँ दुलहीजस्तै हुने रहेछ । जतिखेर पनि हेरिरहूँ र जतिखेर पनि चलाइरहूँजस्तो । तर मलाई भने खासै रुचि लागेन । म बटमबाला मोबाइलमा नै सर्पले खाने र सर्प बढ्दै जाने तथा अन्तमा आफ्नै पुच्छर छल्न पनि मुस्किल हुने गेम खेल्न मन पराउँथे ।

कतै जाँदा कहिलकाहीँ एउटै खल्तीमा दुवै मोबाइल बोक्थें । यो बाहेक दुई मोबाइलको चिनापर्ची हुन दिएको थिइनँ । मलाइ डर थियो कि कथंकदाचित दुवै मोबाइल मिलेर कुनै दिन हडताल गरिदियो भने म कसरी कोसित कुराकानी गर्ने ? दुवै मोबाइल मिलेर कुनै समस्या सिर्जना गरिदियो भने अर्को अप्ठ्यारो । वास्तवमा मलाई स्क्रिन टच मोबाइल चलाउन आउँदैन तर यो कुरा एक्सपोज हुन दिनु छैन ।

एक दिन नयाँ मोबाइलको भुँडी ठूलो भएजस्तो लाग्यो । शंका मात्रै होला भन्ठानें । केही दिनमा त प्रष्ट भइहाल्यो । मोबाइलको भूँडी ठूलो हुँदै आयो । नयाँ स्क्रीन टच मोबाइललाई सबैले रानी भनेर बोलाउँथे । अब मलाई शंका लाग्यो । राजाले रानीलाई भूँडी बोकायो । अझ यति कम दिनमा नै मोबाइलले भूँडी बोकेपछि मलाई के कुरामा बढी शंका लाग्यो भने हो न हो यो मोबाइल मेरो घरमा भित्रिनुपूर्व माइतीदेखि नै पेट बोकेर आएकी थिई कि ?

यो लाजको कुरा कहाँ भन्नु । समय व्यवस्थापन गरेर बडो मुस्किलले मोबाइल किनेको दोकानमा पुगें । त्यहाँ पनि अरुको अगाडि के भन्नु ? ग्राहक आउने र जाने क्रम चलिरह्यो । मैले धेरै बेर कुरेपछि कोही ग्राहक नभएको मौका छोपी साहुलाई भने : तपाइँले भूँडी बोकाएर मोबाइल बिक्री गर्नुहुन्छ ? कि तपाईँको दोकानमा कुनै मोबाइलले मेरो मोबाइललाई बलात्कार गरेको हो ? मोबाइल पहिलोचोटि नै अन गर्दा यसमा एउटी हिरोइनको फोटो आएको थियो । त्यत्तिबेला मैले होसै गरिनँ ।

मेरो समस्या साहुले राम्ररी बुझे किनभने मैले मोबाइल देखाएको थिएँ । यसरी पनि थपिदिएँ ः यदि तपाईको मोबाइल दोकानको गल्ती होइन भने यही फुच्चे बेटबटमबाला हो कि बटमबाला मोबाइलको गल्ती हुनुपर्छ ।
मुस्कुराउँदै पसलसाहुको वचन फुत्क्यो ः यो तपाईँको गल्ती हो ? तपाईँले नै हो यस्तो राम्रो मोबाइललाई भूँडी बोकाएको । अब तपाइँँमाथि कारबाही हुन्छ ।
म त छाँगाबाट खसेजस्तै भएँ । मैले भने ः मैले त छोरीजस्तै बनाएर यसलाई पालेको छु । अनि कसरी ममाथि बलात्कारको आरोप लगाउनु हुन्छ ।

पसले गम्भी भएर बोल्यो ः तपाईँ एक छिन बजार घुमेर आउनुस् । हामी यसको उपचार गर्छौँ । केहीबेर लाग्छ ।
बजारमा त सबै हाँसीखुसी देखिन्थे । मेरो अनुहारमा भने बार बजिरहेको थियो । ममाथि गम्भीर आरोप लागेको म कसरी सहनु ? मलाई एक मनले लागिरहेको थियो कि पसलेमाथि मुद्दा हालिदिऊँ । अर्को मनले भनिरहेको थियो कि अन्जानमा कुनै गल्ती पो भइहाल्यो कि ? आजको युग इन्टरनेटको युग हो । कतै यस मोबाइलमै मेरो कर्तुत रेकर्ड पो छ कि ? म त केही बुझ्न नसकेर रन्थनिएको थिएँ ।

यो केही बेर भनेको कति हो ? एक जनालाई साधें । तिनले नम्र भएर बोल्यो ः महानुभाव, यो केही बेर भनेको कति बेर हो भन्ने कुरो म केहीबेर पछि मोबाइलमा हेरेर बताउँछु ।

म पनि त लालबुझक्कड छु । तिनले बताउन नचाहेको कुरा बुझिहालें । अनि पसलतिर लागें ।
केही बेर भन्नु भएको थियो, धेरै बेर पो भयो त ?
तपार्इँको मोबाइल अहिले आइसियुमा छ ।
किन के भयो ?
केही होइन, तपाईँ बढ्ता गर्नुहुन्छ । अबदेखि बढ्ता गर्नुभयो भने तपाईँलाई हेर्ने कोही हुँदैन । कुरो बुझ्नुस् ।
मै के बढता गरें ।
हन्ड्रेड पर्सेन्टभन्दा पनि बढ्ता गर्नुहुन्छ र धेरैबेरसम्म गर्नुहुन्छ ।
के हजुर ?
चार्ज ।
मतलब ?
तपाईँ यस मोबाइललाई धेरै चार्ज गर्नुहुँदो रहेछ । कुनै पनि हालतमा सय पर्सेन्ट पुगेपछि मोबाइललाई चार्जमा नछोड्नुहोला । हैनभने यही हालत हुन्छ ।
म बल्ल कुरो बुझें । अलिकति भए पनि आफ्नै मूर्खतामाथि हाँसे ।

सञ्जय साह ‘मित्र’ ‘व्यङ्ग्यम्’ कृतिबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x