सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ओइ नेता !

विकासको शस्त्र पनि तिमी । विनासको अस्त्र पनि तिमी । दुनिया“का भ्रष्ट पनि तिमी । आफन्तबाट त्रस्त पनि तिमी । सत्यलाई बङ्ग्याउने पनि तिमी । आफैलार्ई नङ्ग्याउने पनि तिमी ।

Nepal Telecom ad

ओइ नेता !
यता हो कि उता,
तिमी कता ?
ओइ नेता ।

राजनीति गर्ने पनि तिमी ।
भा“डनीति गर्ने पनि तिमी ।
उत्तर पनि तिमी ।
दक्षिण पनि तिमी ।
राष्ट्रवादी पनि तिमी ।
राष्ट्रघाती पनि तिमी ।
कुर्ची तानातान गर्ने पनि तिमी
कुर्ची हानाहान गर्ने पनि तिमी ।

ओइ नेता !
यता हो कि उता, तिमी कता ?
ओइ नेता ।

सिद्धान्त गा“स्ने पनि तिमी ।
सिद्धान्त मास्ने पनि तिमी ।
मेलमिलाप गर्ने पनि तिमी ।
जालझेल गर्ने पनि तिमी ।
स्वार्थ मिले चाटाचाट् गर्ने पनि तिमी,
स्वार्थ नमिले काटाकाट् गर्ने पनि तिमी ।
ओई नेता !
यता हो कि उता, तिमी कता ?
ओइ नेता ।

क्रान्तिकारी पनि तिमी ।
धुन्धुकारी पनि तिमी ।
सत्ता हा“क्ने पनि तिमी ।
खाल्टामा जाक्ने पनि तिमी ।
कानून बनाउने पनि तिमी ।
कानून मिच्ने पनि तिमी ।
कानून छलेर घिच्ने पनि तिमी ।
जनताकै मतले मात्तिएर
जनता किच्ने पनि तिमी ।

ओइ नेता !
यता हो कि उता, तिमी कता ?
ओइ नेता ।

विकासको शस्त्र पनि तिमी ।
विनासको अस्त्र पनि तिमी ।
दुनिया“का भ्रष्ट पनि तिमी ।
आफन्तबाट त्रस्त पनि तिमी ।
सत्यलाई बङ्ग्याउने पनि तिमी ।
आफैलार्ई नङ्ग्याउने पनि तिमी ।

ओइ नेता !
यता हो कि उता, तिमी कता ?
ओइ नेता ।

000

पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल