साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओइ नेता !

विकासको शस्त्र पनि तिमी । विनासको अस्त्र पनि तिमी । दुनिया“का भ्रष्ट पनि तिमी । आफन्तबाट त्रस्त पनि तिमी । सत्यलाई बङ्ग्याउने पनि तिमी । आफैलार्ई नङ्ग्याउने पनि तिमी ।

Nepal Telecom ad

ओइ नेता !
यता हो कि उता,
तिमी कता ?
ओइ नेता ।

राजनीति गर्ने पनि तिमी ।
भा“डनीति गर्ने पनि तिमी ।
उत्तर पनि तिमी ।
दक्षिण पनि तिमी ।
राष्ट्रवादी पनि तिमी ।
राष्ट्रघाती पनि तिमी ।
कुर्ची तानातान गर्ने पनि तिमी
कुर्ची हानाहान गर्ने पनि तिमी ।

ओइ नेता !
यता हो कि उता, तिमी कता ?
ओइ नेता ।

सिद्धान्त गा“स्ने पनि तिमी ।
सिद्धान्त मास्ने पनि तिमी ।
मेलमिलाप गर्ने पनि तिमी ।
जालझेल गर्ने पनि तिमी ।
स्वार्थ मिले चाटाचाट् गर्ने पनि तिमी,
स्वार्थ नमिले काटाकाट् गर्ने पनि तिमी ।
ओई नेता !
यता हो कि उता, तिमी कता ?
ओइ नेता ।

क्रान्तिकारी पनि तिमी ।
धुन्धुकारी पनि तिमी ।
सत्ता हा“क्ने पनि तिमी ।
खाल्टामा जाक्ने पनि तिमी ।
कानून बनाउने पनि तिमी ।
कानून मिच्ने पनि तिमी ।
कानून छलेर घिच्ने पनि तिमी ।
जनताकै मतले मात्तिएर
जनता किच्ने पनि तिमी ।

ओइ नेता !
यता हो कि उता, तिमी कता ?
ओइ नेता ।

विकासको शस्त्र पनि तिमी ।
विनासको अस्त्र पनि तिमी ।
दुनिया“का भ्रष्ट पनि तिमी ।
आफन्तबाट त्रस्त पनि तिमी ।
सत्यलाई बङ्ग्याउने पनि तिमी ।
आफैलार्ई नङ्ग्याउने पनि तिमी ।

ओइ नेता !
यता हो कि उता, तिमी कता ?
ओइ नेता ।

000

पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x