संप्रस पाैडेलहास्यव्यङ्ग्य कविता प्रतियोगितामा २५ कविता छनोट
सिस्नुपानी नेपालको स्थापना दिवस वैशाख १९ को अवसरमा यही वैशाख २२ गते हुन लागेको खुला हास्यव्यङ्ग्य कविता प्रतियोगितामा देशभरबाट प्राप्त कूल ८१ कवितामध्ये वाचनका लागि २५ कविता छनोट भएका हुन् । (छनाेट भएका कविहरूकाे सूचीसहित)

हेटौडा, ०८० वैशाख २० । सिस्नुपानी नेपाल मकवानपुरले उत्कृष्ट हास्यव्यङ्ग्य कविताको सूची सार्वजनिक गरेको छ ।
खुला हास्यव्यङ्ग्य कविता प्रतियोगितामा प्राप्त कूल ८१ कविताहरूमध्ये बुधबार निणर्ायक मण्डलद्वारा पहिलो चरणमा उत्कृष्ट २५ कविता छनोट गरिएको हो ।
वैशाख २२ गते शुक्रबार २५ कविहरूले वाचन गरेपश्चात् कूल अङ्क गणना गरिने र अन्तिम निर्णय सार्वजनिक हुने संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मीनप्रसाद लामिछानेले बताउनु भयो । प्रतियोगितमा प्रथम १५ हजार, द्वितीय १० हजार, तृतीय ५ हजार तथा सान्त्वना २ जनाले जनही ३ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
हास्यव्यङ्ग्य कवितामार्फत् समाजमा रहेका वेथिति तथा विसंगतिका विरुद्ध प्रहार गर्दै उन्नत समाज निर्माणमा सघाउ पुग्ने सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले बताउनु भयो ।
यो प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को प्रवर्द्धनमा सञ्चालन हुन लागेको हो । स्थानीय सरकारले बाटोघाटो, पुलपुलेसा र भवनलाई मात्र विकास ठान्न नहुने र शिक्षा, साहित्य, कला जस्ता क्षेत्रमा लगानी गरे बौद्धिक व्यक्तित्व उत्पादनमा जोड पुग्ने अध्यक्ष नवीन सिग्देलले बताउनु भयो । साथै कार्यक्रमलाई मिडिया पार्टनर साहित्य पोस्ट र हास्यव्यङ्ग्य पार्टनर फित्कौलीको साथ रहेको छ ।
सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले हास्यव्यङ्ग्यमा पुराना पुस्तालाई सम्मान र नयाँपुस्तालाई आकर्षण गर्नमा सिस्नुपानी हेटौँडाको अनुकरणीय योगदान रहँदै आएको बताउनु भयो । सिस्नुपानी मकवानपुर तथा कविता प्रतियोगिताका सन्दर्भमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले भन्नुभयो- सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धनका लागि गरिरहेका कामहरू अत्यन्त सह्राहनीय रहेको र संस्थाको २६ औं वार्षिकोत्सवलाई भव्य बनाउन आयोजना गरिएको राष्ट्रव्यापि हास्यव्यङ्ग्य कविता प्रतियोगिताले यस क्षेत्रमा उत्साहवर्द्धक हलचल ल्याएको अनुभव भएको तथा नयाँनयाँ प्रतिभाहरू जन्माउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्नेछ ।
विभिन्न सिस्नुपानी नेपाल मकवानपुरका संस्थापक आर.सी. रिजालले सिस्नुपानी मकवानपुर र साहित्य संगमका नाममा दिनु भएको जग्गामा संस्थाको आफ्नै भवन रहेको छ । सो भवन मकवानपुरका विभिन्न साहित्यिक संस्थाहरूको साझा थलोका रूपमा विमर्श, वाचन, पुस्तक विमोचन आदि कार्यहरू नियमित हुने गर्दछ । कविता प्रतियोगिता कार्यक्रम रोयल पार्टी प्यालेस, हेटौंडा ४ मा आयोजना हुनेछ ।
सिस्नुपानी नेपालको स्थापना दिवस वैशाख १९ को अवसरमा यही वैशाख २२ गते हुन लागेको खुला हास्यव्यङ्ग्य कविता प्रतियोगितामा देशभरबाट प्राप्त कूल ८१ कवितामध्ये वाचनका लागि २५ कविता छनोट भएका छन् । छनोट चरणमा परेका कविहरूले २२ गते रोयल पार्टी प्यालेस, हेटौंडामा उपस्थित भई कविता वाचन गर्नुपर्नेछ । वाचनको अङ्क गणनापश्चात् अन्तिम नतिजा प्रकाशन हुने हुँदा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
संस्थाले प्रतियोगिताका अतिरिक्त भैरव जयन्ति, गाईगात्रा, देउसी भैलो तथा नियमित हास्यव्यङ्ग्य रचना वाचन जस्ता कार्यक्रमहरू गरिरहेको छ ।
०००
– हेटौडाबाट संप्रस पौडेल

Subscribe
Login
0 Comments
Oldest








































