साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्कृष्टको सूचीमा एघार जेष्ठ नागरिक विषयक लघुकथा

जेष्ठ नागरिक विषयक लघुकथा अभियानको नतिजा सार्वजनिक भएको छ । अभियानमा सामेल भएका छ दर्जनमध्ये एघार लघुकथालाई उत्कृष्ट लघुकथाको सूचीमा राखिएको छ ।

Nepal Telecom ad

लघुकथा प्रतिष्ठान नेपालद्वारा गत असोज १४ गते आह्वान गरिएको जेष्ठ नागरिक विषयक लघुकथा अभियानको नतिजा सार्वजनिक भएको छ । अभियानमा सामेल भएका छ दर्जनमध्ये एघार लघुकथालाई उत्कृष्ट लघुकथाको सूचीमा राखिएको छ ।

गुरुको रोजाइ शीर्षकको नारायण कोइरालाको लघुकथा, वृद्धावस्था शीर्षकको सुरेशकुमार पाण्डेको लघुकथा, प्रफुल्ल शीर्षकको तुलसी पण्डितको लघुकथा, जीवन जीउने सूत्र शीर्षकको चिरञ्जिबी दाहालको लघुकथा, प्रस्ताव शीर्षकको शारदा दाहालको लघुकथा, आमाको स्मरण शीर्षकको अनु विज्ञातिको लघुकथा, खुसी शीर्षकको प्रेम पुन मगरको लघुकथा, सहारा शीर्षकको कल्पना भण्डारीको लघुकथा, उपहार शीर्षकको टंकबहादुर आलेमगरको लघुकथा, पुरस्कार शीर्षकको बाँस्कोटा धनन्जयको लघुकथा र सम्मान शीर्षकको शान्ता तिम्सिनाको लघुकथा उत्कृष्ट ठहर गरिएको हो ।

लघुकथाकार डा. पुष्करराज भट्टको संयोजकत्वमा उक्त निर्णय गरिएको हो । वर्तमान पुस्तामा समाजका जेष्ठ नागरिकलाई हेर्ने नजर र गरिने व्यवहारमा सकारात्मक रुपले आमूल परिवर्तन आओस् भन्ने सोच सन्दर्भ पत्रिकाका प्रधान सम्पादक नन्दलाल आचार्यको छ । संकलित सम्पूर्ण जेष्ठ नागरिक विषयक लघुकथाहरु सन्दर्भ लघुकथा प्रधान पत्रिकाको अंक ६ मा प्रकाशन हुने छ । भर्खरै सन्दर्भ लघुकथा प्रधान पत्रिकाको अंक ५ मा ११५ थान कालजयी लघुकथाको सँगालो प्रकाशन भइसकेको छ । त्यस्तै लघुकथा साहित्य मार्फत जनचेतना छर्न खोजेको ठहर प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजालको छ ।

यही कार्तिक ३ गते प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवको अवसरमा बुढ्यौली विषयक लघुकथा अभियान २०८० सञ्चालन गरिने जानकारी दिँदै कार्यक्रम संयोजक मनोहर पोखरेल भन्छन्– त्यसमध्ये एक सर्वोत्कृष्ट लघुकथालाई १५ हजार नगदले पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । यस अभियानको निर्णयक संयोजकमा डा. राजेन्द्र विमल रहनुभएको छ । सहभागी हुन कार्तिक २ र ३ गते लघुकथा प्रतिष्ठानमा बुढ्यौली विषयक लघुकथा पोस्ट गर्नुपर्नेछ ।

२०७८ कार्तिक ३ गते स्थापना भएको प्रतिष्ठानले रातको ७ः३० बजेदेखि नियमित लघुकथा विमर्शको काम गर्दै आएको छ । नियमित विमर्श कार्यक्रमले लघुकथा लेखनमा र परिमार्जनमा मार्गनिर्देश गर्दै आएको प्रतिक्रिया पाठक, स्रोता र दर्शकको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनपेक्षित दुलहा

अनपेक्षित दुलहा

लक्ष्मी रिजाल
बोकाराजको इतिवृति

बोकाराजको इतिवृति

लक्ष्मी रिजाल
महिला अधिकार र लड्डु

महिला अधिकार र लड्डु

लक्ष्मी रिजाल
गफ संस्कृति

गफ संस्कृति

लक्ष्मी रिजाल
अतिरिक्त सेवा

अतिरिक्त सेवा

लक्ष्मी रिजाल
नियतिलाई सलाम

नियतिलाई सलाम

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x