मन्दोदरा र टेकनाथ भट्टराईका सुपुत्र गोविन्दराज भट्टराई २०१० साउन १२ गते पाँचथरमा जन्मिनु भएको हो । अङ्ग्रजी साहित्यमा विद्यावारिधि गर्नुभएका भट्टराई प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । कथा, कविता, उपन्यास, व्यङ्ग्य, समालोचना, अनुवाद अन्तर्गत कलम चलाइरहनु भएका भट्टराईको पहिलो प्रकाशित रचना ‘कथा’ शीर्षकमा २०३१ सालमा गोरखापत्रमा प्रकाशित भएको थियो । उहाँका ‘मुगलान’ (२०३१) उपन्यास, ‘तीनधारा’ (२०३५), ‘विश्वविद्यालयमा अग्निपूजा’ (२०६१), ‘उत्तरआधुनिक ऐना’ (२०६२) सिद्धान्त र समालोचना लगायत दर्जनौँ कृतिहरू प्रकाशित छन् । यसैगरी उहाँका ‘सेलेक्टेड नेपाली एसेज् (२०६०), ‘स्टोरिज फ्रम नेपाल’ (२०६१) लगायत थुप्रै अनुवादका पुस्तकहरू प्रकाशित भएका छन् । सम्पर्क इमेल : tu.govinda@gmail.com
नयाँ हाकिम त्यसरी मुस्कुराए
हामी स्वागतमा उभिएका थियौँ; नयाँ हाकिम एकपल्ट मुस्कुराए । उनले देब्रे हात मुड्की पारेर हावामा उचाले,
पुरा पढ्नुहाेस्फित्कौलीसितको जम्काभेट र एक अपशकुन
धुम्रलोचन शर्मा उर्फ् द टियर पोएट फ्रम इस्ट नागार्जुनको टुप्पामा पहेँला घाम खसिसकेका थिए । डिल्लीबजारको
पुरा पढ्नुहाेस्आधुनिक शिष्यको गुरुलाई अर्ती
म त पङ्सपट्टि लागो, नयाँ कंश भएँ गुरु !क्याम्पस जान म भ्याउन्न हाजिर गद्र्याै खुरुखुरुसाला ‘इग्ज्याम’
पुरा पढ्नुहाेस्

govinda raj bhattarai
























