साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधुनिक शिष्यको गुरुलाई अर्ती

Nepal Telecom ad

म त पङ्सपट्टि लागो, नयाँ कंश भएँ गुरु !
क्याम्पस जान म भ्याउन्न हाजिर गद्र्याै खुरुखुरु
साला ‘इग्ज्याम’ सुनेदेखि एलर्जी हुन्छ मन्भरी
‘ब्ल्याङ् कापी’ होस् त्यहाँ लेकिन् पास गद्र्याै सँधैभरी ।

साला ‘इङ्लिस’ कति ‘बोर’ छ रड्डी भैगो नि यार् गुरु !
‘म केटा मान्दैन यो पढ्नु’ भन्द्यौ चिफलाई नै बरु
नोट्कपिलाई ‘चिट्’ भन्छ कस्तो सिल्ली छ गार्डहरू
म त पङ्सपट्टि लागो, नयाँ कंश भएँ गुरु ।

छिलो खप्परको घेरो सिउर ठाडो बनाउँदै
खैरो ‘बारुजले’ सारा कैलो केश जराउँदै
‘कति ह्याण्ड्सम् भएँ खप्पर नयाँ पालिस् गरेपछि’
तर ड्याडी बुढो भन्छ ‘नर्क जान्छन् मरेपछि ।’

‘चिलिम् पानी’ नभेटेर छट्पटी भो म के गरौँ ?
धतुरो किन्न खल्तीमा ‘मनी’ छैन कसो गरौँ ?
घडी ज्याकेट बेचेर धीत मर्ने गरी पिएँ
किच्किच् गर्छ ‘बुढो कञ्जुस्’ एक बक्सिङ पनि दिएँ ।

नयाँ वंशहरूलाई ‘मोर्डन्’ पार्दैछु यार तर
साला ड्याडी बुढो भन्छ ‘धुन्दुकारी ! तँ जा पर’
ड्रेस फेस र डान्स् देखी मम्मी रुन्छ धुरुधुरु
कति स्मार्ट् म देखिन्छु ? तिमी नै भन लौ गुरु ।

क्याम्पसमा केटी नै छैन, ‘केटा पढ्दैनन्’ भन्दिनू
चीट खोस्यौ भने च्यालेञ्ज् ‘स्ट्राइक् गरिन्छ’ भन्दिनू
हाम्रो केटाहरूलाई हाजिर गद्र्यौ खुरुखुरु
म त पङ्सपट्टि लागो, नयाँ कंश भएँ गुरु ।

त्रि.वि.वि., कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्रले दुइटा दिने भो

गणतन्त्रले दुइटा दिने भो

डा. गोविन्दराज भट्टराई
एक टपरी मेरा इच्छाहरू

एक टपरी मेरा इच्छाहरू

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (२)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (१)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x