साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झापामा सुशेली सभा

Nepal Telecom ad

झापा, २०७१ वैशाख/सुशेली साहित्यिक परिवार झापाको आयोजनामा चुडामणि रेग्मी र झापा जिल्लाका विविध साहित्यिक गतिविधि विषयक गोष्ठी सम्पन्न भयो ।गोष्ठीमा पुण्यप्रसाद खरेलको ‘मेची–महाकाली साहित्यिक सद्भाव यात्रा’ नामक कृतिको घुम्टीखोली गरिएको थियो । कार्यक्रम साहित्यकार चुडामणि रेग्मीको ७८औं जन्मोत्सवका अवसरमा आयोजना गरिएको हो ।

तेजराज खतिवडाको प्रमुख आतिथ्य र सुशेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको सभापतित्वमा सम्पन्न सम्पन्न कार्यक्रममा ७८औं वर्षमा प्रवेश गरेको सुअवसरमा चुडामणि रेग्मी र श्रीमती वेदकुमारी रेग्मीलाई सम्मान गर्दै उहाँहरूको सुस्वास्थ्य, दीर्घजीवन र उन्नति–प्रगतिको कामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा चुडामणि रेग्मीले नेपाली भाषा र साहित्यमा पुर्याउनु भएको योगदानका बारेमा विभिन्न साहित्यकारहरूले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यसरी कार्यपत्र प्रस्तुत गर्नेहरूमा पुण्यप्रसाद खरेल, खगिन्द्रा खुशी रश्मी शेखर सुबेदी, देवीचरण भण्डारी, अन्जना नेउपाने, विष्णुप्रसाद कोइराला, आरती पोखरेल,लक्ष्मी पौडेल, सरला चापागाई र जीवनाथ सुबेदी हुनुहुन्थ्यो ।

सो अवसरमा चुडामणि रेग्मीले आफ्नो झापा बसाईको स्वर्ण बर्ष (५० बर्ष) को अवसरमा सुशेली परिवारका उपाध्यक्ष केन्द्रप्रसाद भट्टराई दम्पत्तिलाई सम्मान गर्नुभएको थियो । सुशेलीका प्रधान सम्पादक विजय खरेलले स्वागत गर्नु भएको थियो भने सञ्चालन कनक कार्कीले गर्नु भएको थियो ।

कार्यक्रमको बीचबिचमा कविता, गीत र गजल प्रस्तुतिले कार्यक्रमको रोचकता बढाएको थियो । यसरी कार्यक्रमलाई रोचकता प्रदान गर्नेहरूमा अन्जना नेउपाने, केशव भट्टराई, बिमला चिमरिया, प्रकाश आचार्य, रीता भेटुवाल, साईकिरण लम्साल, भावना प्रसाई, कृष्णप्रकाश सुमार्गी, कृष्ण पाठक र विशाल कडरिया हुनुहुन्थ्यो ।

यसैगरी शुभकामना मन्तव्य राख्नेहरूमा राजेन्द्र सङ्गौला, भवानी क्षेत्री, कमल गुरागाई, डिल्लीराज नेपाल, मदन ढकाल ठाकुर पोखरेल, दिलबहादुर थापा, मुनराज शेर्मा, रोहिणिविलास लुइँटेल, कृष्णप्रसाद उप्रेती, लीला अनमोल हुनुहुन्थ्यो भने आफूलाई जन्मदिनको शुभकामना व्यक्त गर्ने शुभचिन्तक स्रस्टाहरूलाई चुडामणि रेग्मीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । रेग्मीको सदम्पत्ति कार्यक्रमको विशेष अतिथि पनि रहनु भएको थियो भने प्रमुख अतिथिको आसनबाट तेराखले सम्बोधन गर्नु भएको थियो ।

– पुण्य खरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x