साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रले दुइटा दिने भो

म त देखाइदिनछु दुइटी हुँदा के हुन्थ्यो  एउटा पसल जाला अर्को बाइकमा मलाई घुमाउला फर्केर आएसी यसले भात पकाउला उसले कुचो समाउला

Nepal Telecom ad

डा. गाेविन्दराज भट्टराई :

सोफिया बुरुक्क उफ्रिन् किनभने यो
अपार खुशीको दिन थियो
अब नारीले पनि दुइटा पाउने भो
नयाँ कानून एस्तो शक्तिशाली भो
हजारौँ वर्षको अन्याय र दलन सिध्याएर
नयाँ चलन आउने भाे

तेसो ता नौलो छैन पुरुषले दुइटा राखेकै हो

यो कुरा सुनाइनँ बन्दनालाई,
फेरि क्रिपाणी र करमालाई
अब एउटाले भात पकाउँछ अर्काले नानी हेर्छ
कैलेकाहीँ यसरी टिक्टोक जान पाइयोस्
कहिले तीज र तिहार अलिक अबेरसम्म नाच्न पाइयोस्

धेरै भो हाम्रा आमा बुढीआमाहरूले
पुरुषको सास्ती खेपेको
म त देखाइदिनछु दुइटी हुँदा के हुन्थ्यो
एउटा पसल जाला
अर्को बाइकमा मलाई घुमाउला
फर्केर आएसी यसले भात पकाउला
उसले कुचो समाउला

बल्ल गणतन्त्र लाग्ने भो
बल्ल जिन्दगी जाग्ने भो
ल्याओ दुइटै ल्याओ ।

०००
कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
एक टपरी मेरा इच्छाहरू

एक टपरी मेरा इच्छाहरू

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (२)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (१)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
केही अराष्ट्रिय तत्वहरू

केही अराष्ट्रिय तत्वहरू

डा. गोविन्दराज भट्टराई
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x