साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक टपरी मेरा इच्छाहरू

टपरीभित्र लुकाइराखेको अँध्यारोमा घामले नदेख्ने टोड्कामा पुरानो टपरीभित्र प्रभु यति एक टपरी इच्छाहरू अनादि कालदेखिका मलाई सुकाउन दिन्छौ कि ? एकै घाम तिम्रा प्राचीन आँगनमा ।

Nepal Telecom ad

डा. गाेविन्दराज भट्टराई :

यति एक टपरी इच्छाहरू
एकैछिन
सुकाउन दिन्छौ कि प्रभु
यो तिम्रो आँगनमा

एकै टपरी यी पुराना इच्छाले
तिम्रो आँगन कति पो ढाक्छ र
हे प्रभु !

अनादि कालदेखि
लुकाइरहेको यो बीउ
इच्छाहरूको
मासिने हो कि
यतिबेला
म बिघ्नै डराइरहेको छु

धेरै छैन,
अलिकति आकाङ्क्षा छन्
एकै मुठी स्वार्थहरू
दुई अन्जुली लोभ होला
त्यस्तै एकएक माना
द्वेष-ईर्ष्या

अरू सबै अकर्मण्यताको
बीउ राखेको छु
त्यसैमा मूर्खता मिसाएर
एउटा सानो कोसा पनि
मृत्युमारा
म चाहन्छु
यो मृत्युमाराको
सानो कणतुल्य
बीज रोपेर एउटा
आँगनमा
बोट पनि उमार्न सकौं
मेरो बगानमा

हजारौं वर्ष भो
एउटा टालोमा
बाँधेर
टपरीभित्र
लुकाइराखेको
अँध्यारोमा
घामले नदेख्ने टोड्कामा
पुरानो टपरीभित्र
प्रभु
यति एक टपरी इच्छाहरू
अनादि कालदेखिका
मलाई
सुकाउन दिन्छौ कि ?
एकै घाम
तिम्रा प्राचीन आँगनमा ।

०००
३० वैशाख २०६४
एक कल्प (२०७१)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
NPS Niraula
NPS Niraula
10 months ago

गजब लाग्यो।हांसो त भितृ भाग हो तर व्यङ्ग्यभित्र झाट्ने काम पनि भए झैं लाग्यो सर!

Nepal Telecom ad
गणतन्त्रले दुइटा दिने भो

गणतन्त्रले दुइटा दिने भो

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (२)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
क्याम्पस चिफ हुँदाको सम्झौटो (१)

क्याम्पस चिफ हुँदाको सम्झौटो...

डा. गोविन्दराज भट्टराई
केही अराष्ट्रिय तत्वहरू

केही अराष्ट्रिय तत्वहरू

डा. गोविन्दराज भट्टराई
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
1
0
Would love your thoughts, please comment.x
()
x