साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

एक :  ठिक छैन अचेल

तिम्रो आँखाको प्रहार ठिक छैन अचेल
तिमीलाई छोएर बहने बहार ठिक छैन अचेल
रूपको पनि त एउटा सीमा हुन्छ प्रिय
अति भयो त्यो अनुहार ठिक छैन अचेल ।

दुई : कसरी बज्छन् चुरा ?

यहाँ जसले जे पनि भन्छ कुरा बिचार गरेर सुन्नू
आफ्नैको पनि भरोसा हुन्न पुरा बिचार गरेर सुन्नू
यो ठाऊँ केटा मात्र बस्छन् केटी आउन निषेध छ
रातभर कसरी बज्छन् चुरा बिचार गरेर सुन्नू ।

तीन : मायाको स्वभाव

सुरु सुरुमा माया प्रचूर हुन्छ
अलि पछि माया झूर हुन्छ
त्यसपछि माया दूर हुन्छ
यो त मायाको स्वभाव नै हो
यसमा मान्छेको के कसुर हुन्छ ?

चार : छद्मभेषी

घरीघरी लाग्छ–
देशमा बस्दैमा मात्र मान्छे देशी हुँदैन
बरू अचेल, देशमै बसिरहनेहरू
बढी विदेशी हुन थालेका छन्,
राष्ट्रियता भन्नु तिनको मखुण्डो मात्र हो
ती पूरै छद्मभेषी हुन थालेका छन् ।

हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई चिन्नुभयो ?

मलाई चिन्नुभयो ?

मणि भट्टराई
मोजा

मोजा

मणि भट्टराई
निहत्था शहीद

निहत्था शहीद

मणि भट्टराई
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x