भीमप्रसाद भट्टराई र टीकादेवी भट्टराईका सुपुत्र तुलसीप्रसाद भट्टराई तुलसीप्रसाद भट्टराई बरबोटे, इलाममा २०३० भाद्र १७ गते जन्मनु भएको हो । भट्टराई हाल बिर्तामोड- ५, झापामा बस्नुहुन्छ । शिक्षण पेशामा आबद्ध भट्टराई क्षितिज साहित्य प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ । विशेषतः कविता विधामा कलम चलाउनुहुने भट्टराईको पहिलो कृति ‘गजलमञ्जरी’ (२०७५) हो । उहाँका दुइ कृतिहरू प्रकाशित छन् । भट्टराई निर्माण व्यवसायी संघ झापाद्वारा नगद पुरस्कार रु ५० हजार सहित साहित्य स्रष्टा सम्मान २०७८, लेखनाथ पुस्तकालय भद्रपुरबाट छत्रकिरण साहित्य पुरस्कार लगायत अन्य थुप्रै पुरस्कार तथा सम्मानद्वारा पुरस्कृत तथा सम्मानित स्रष्टा हुनुहुन्छ ।
डाइनो छैन आज
तुलसीप्रसाद भट्टराई : मूसो आयो सदन घरमा मेचमा भ्वाङ पार्ने सेतो हात्ती ढसमस बसी मेच मै
पुरा पढ्नुहाेस्

tulasi bhattarai

























