निर्वाचन प्रचार सामाग्री

काव्य सामर्थ्यसहितको प्रस्तुति : ‘प्रिय दुश्मन’

न ढंगले यस किसिमको प्रयोगलाई उनले अगाडि बढाउन खोजिरहेका छन्, यो सन्दर्भ भने साँच्चिकै उत्साहबर्धक रहेको देखिन्छ । ‘प्रिय दुश्मन’ शृङ्खला कवितामा कवि समीरले आफ्नो काव्य सामर्थ्य प्रस्तुत गरेका छन् ।

जिन्दगीमा कविता लेख्ने प्रयत्नलाई म आफैसँग गरिएको साक्षात्कारको प्रयत्न सम्झन्छु । कविता लेखन मनमोहक तर साँच्चिकै कठिन विषय सन्दर्भ हो । संसारमा कविता लेख्ने प्रयत्न मानव सभ्यताको प्रारम्भसङ्गै भएको हुनुपर्छ ।

मानवीय अभिव्यक्तिको मोह आदिम मोह हो । लाखौं वर्ष अगाडिदेखि मान्छेले गुफाका भित्ताहरुमा विभिन्न आकृतिहरु कुँदेर मानवीय अभिव्यक्ति मोहको प्रमाण दिएर छोडेका छन् ।

जब मान्छे ध्वनिको बाटो हुँदै भाषाको गन्तव्यसम्म आइपुग्यो, त्यसपछि उ कविताको सिर्जनामा लाग्यो होला भन्ने अनुमान गर्न सकिन्छ । त्यसैले कविता मान्छेद्वारा कलात्मक अभिव्यक्तिका लागि गरिएको आदिम प्रयत्न हो भन्ने कुरामा म विश्वस्त रहेको छु । आज विश्व कविता धेरै आरोह अवरोह पार गरेर यो अवस्थामा आइपुग्न सफल भएको छ ।

ममताको कोमलतादेखि आक्रोशको आगोसम्म कविताको विषयवस्तु बन्न सक्छन् । अझ यसो भनौं संसारका हरेक विषयप्रसङ्ग कविताको क्यानभासमा अटाउन सक्छन् । महाभारत जस्तो महाआख्यान महाकाव्यका रुपमा प्रस्तुत भएको उदाहरण हामीसङ्ग रहेको छ । तर काव्यात्मकताको अभावमा कविता सम्भव छैन । यसको प्राप्तिका लागि निरन्तरको साधना अनिवार्य छ । स्याङ्जाको भूगोलभित्रै बसेर कवि मिलन समीर निरन्तर साधनामा लागिरहेका छन् । यो दृश्य साँच्चिकै मनमोहक र अर्थपूर्ण रहेको देखिन्छ । त्यसैले आफ्नो सार्थक गन्तव्य पहिल्याउने क्रममा उनले सफलता प्राप्त गर्नेछन् भन्नू कुनै अतिशयोक्ति नभई उनको कविताप्रतिको निरन्तरको लगाव देखेर गरिएको विश्वास हो ।

‘प्रिय दुश्मन’ शीर्षकमा कवि समीरले शृंखलाबद्ध कविता लेखेका छन् । यस्तो शृङ्खलाबद्ध कविता लेखनको प्रयोग भने नयाँ होइन । तर जुन ढंगले यस किसिमको प्रयोगलाई उनले अगाडि बढाउन खोजिरहेका छन्, यो सन्दर्भ भने साँच्चिकै उत्साहबर्धक रहेको देखिन्छ । ‘प्रिय दुश्मन’ शृङ्खला कवितामा कवि समीरले आफ्नो काव्य सामर्थ्य प्रस्तुत गरेका छन् । म उनको कविता लेखनको निरन्तरतासँगै उच्च सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

०००
पोखरा

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो