साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रसाइली साहित्यिक पत्रकारिता पुरस्कार ५ जनालाई

Nepal Telecom ad

दार्जिलिङ, ३ कार्तिक २०७९ । कुमार रसाइली स्मृति प्रतिष्ठान, मिरिकद्वारा प्रदान गरिने दोस्रो कुमार रसाइली साहित्यिक पत्रकारिता पुरस्कार २०२२ समारोहमा ५ जना साहित्यिक पत्रकारलाई सम्मानित गरिने निधो निर्णायक मण्डलीले लिएको छ ।

गत सत्तरी दशकतिर साहित्यिक पत्रिका प्रकाशित गरेर भारतीय नेपाली साहित्य पत्रिका प्रकाशनको घरेट बलियो पार्नका साथै नवोदित साहित्कारका रचना प्रकाशित गरिदिएर साहित्य लेखनमा उर्जा प्रदान गरेका साहित्यिक पत्रिकाका सम्पादकगणलाई भव्य रुपमा सम्मान गरिने भएको छ ।

यसरी सम्मानित हुनेहरूमा धर्मराज बम्जन-(नाङ्लो), मदन ओझा -(पछ्यौरी), पूणर् बान्तवा- (मुना, आशिष), अमर दुङमाली- (गौंथली, नव पल्लव, साई श्रद्धा, प्रवाह), नगेन्द्र गोर्खा- (छाल, निर्णय, रमिता), रहेका छन् ।

सम्मानित गरिने साहित्यिक पत्रकारहरूलाई हार्दिक अभिनन्दन सहित आउँदो ९ नोभेम्बर २०२२ का दिन ब्लू लगून होटल (मिरिक)को प्रेक्षागृहमा भव्य समारोहको आयोजना गरिने जानकारी कानेखुसीको प्रमुख सम्पादक कृष्ण प्रधानले दिनुभएको छ ।

गत वर्ष साहित्यिक पत्रकार पी एल जोशी, विश्वमित्र राई (मरणोप्रान्त), एच बी रुचाल, फजलुल हक (मरणोप्रान्त) लाई प्रदान गरिएको थियो भने पहिलो कुमार रसाइली साहित्यिक पत्रकारिता पुरस्कार २०२२ सुभद्रा बम्जन (निनाद, हस्तलिखित) लाई प्रदान गरिएको थियो ।

०००

-इलामबाट नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x