साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीत कस्को- गम्छाको

याद राख्नुस् फेरि अर्को पटक गम्छाले पनि उसलाई घोक्रेठ्याक दिएरै छोड्छ । ल जाऊँ- विजयजुलुस आयो- नारा लगाऊँ “जीत कस्को- गम्छाको” ।”

Nepal Telecom ad

जनतासामु उम्मेदवारलाई बोकी दिने गम्छा,
जातीयताको चुनावी खेती जोती दिने गम्छा,
जोतिएको खेतमा आत्मविश्वास रोपी दिने गम्छा
राजधानियाहरूको विलासिता छोपी दिने गम्छा
कोही जति भट्भट्याउनुस्- फत्फताउनुस्
चुनाव जित्न मान्नै पर्ने सदृश्य शक्ति छ ‘गम्छा’ ।

बुझिराख्नुस् यहाँ “आम नागरिक”को
सटीक प्रतीक छ गम्छा ।
त्यसैले लगाइ जोर सारा- लाउनुस् नारा
“जीत कस्को-गम्छाको”
चुनावी युद्धको हतियार छ गम्छा,
त्यसैले यहाँ जीतको हिस्सेदार छ गम्छा ।

हार्नेको आँसु जित्नेको आँखाको अबीर
पुछ्न मद्धगार छ गम्छा ।
प्रत्येक परिस्थितिमा
दायित्व गर्छ पूरा जिम्मेदार छ गम्छा ।
धान खेतमा पगडीको शृंगार छ गम्छा
गरिबका लागि गलहार सदाबहार छ गम्छा ।

श्रमिकको स्वरूप साकार
किसानको चम्किलो निधार छ गम्छा
अन्यायका विरुद्ध हुङ्कार
सादा जीवन भित्रको उच्च विचार छ गम्छा ।
पहाड र मधेश बीचको पर्खाल भत्काइदिने
“भाइ फुटे गँवार लुटे” हरूलाई लत्याइदिने छ गम्छा ।

तर गुणैगुणको खानी अमानी गम्छाले
जसलाई चुनाव जितायो
उसैका कारण जसले जयजयकार पायो
गर्मी लाग्दा गम्छाले नै हवा खायो
जहिले चाह्यो पगडी बनायो
जहाँ चाह्यो भूँइमा ओछ्यायो
मुहारको मोसो लुकायो
धूवाँ र धूलोबाट आफूलाई जोगायो ।

उसले अब निस्केपछि मतलब
जीतको नशामा लट्ठिएर
बिर्सेर गम्छाले लगाएको गुण
फेरि अर्को चुनावसम्मका लागि
खाटमुनिको बाकसमा मिल्काइदिन यदि खोज्छ ?

याद राख्नुस् फेरि अर्को पटक गम्छाले पनि
उसलाई घोक्रेठ्याक दिएरै छोड्छ ।
ल जाऊँ- विजयजुलुस आयो- नारा लगाऊँ
“जीत कस्को- गम्छाको” ।”

०००

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x