सुलसुले‘समकालीन नेपाली निबन्ध’ कृतिको लोकार्पण
कृतिको लोकार्पण शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’, भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुली, समालोचकहरू प्रमोद प्रधान, डा. शान्तिमाया गिरी र सुधा शर्माले संयुक्त लोकार्पण गरेका थिए ।

काठमाडौं, २०७९ कात्तिक ३ । वरिष्ठ सम्पादक एवं लेखक श्रीओम श्रेष्ठ ‘रोदन’को सम्पादनमा भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित ‘समकालीन नेपाली निबन्ध’ कृतिको लोकार्पण सम्पन्न भयाे । शंकर लामिछाने प्रतिष्ठान र भुँडीपुराण प्रकाशनले संयुक्त रूपमा थाहा पुस्तकालय, मीनभवनमाआयोजना गरेकाे समाराेहमा उक्त कृति लाेकार्पण गिरएकाे हाे ।
सो कृतिको लोकार्पण शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’, भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुली, समालोचकहरू प्रमोद प्रधान, डा. शान्तिमाया गिरी र सुधा शर्माले संयुक्त लोकार्पण गरेका थिए ।
लोकार्पित कृतिउपर समालोचकहरू प्रमोद प्रधान, डा. शान्तिमाया गिरी र सुधा शर्माले आआफ्नो मन्तव्य राखेका थिए । कृतिमा पैंतालिस लेखकका आत्मपरक निबन्ध समेटिएका छन् ।
कार्यक्रम शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष लेकाली, सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ र प्रकाशक केशव पराजुलीले आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन लेखक श्रीबाबु कार्कीले गरेका थिए ।
०००
Subscribe
Login
0 Comments
Oldest












































