साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुखुरे दाइलाई खुल्लापत्र

दलाली व्यवसायले देशमा धेरै दुर्गन्ध आयो रे ? कमिशन बाँडफाँट पनि बन्द गर्ने रे ? मालपोतमा धेरै भ्रष्टाचारको लफडा छ रे ? अस्पतालको औषधिमा पनि कमिशनको विवाद चल्छ रे ?

Nepal Telecom ad

नमस्कार ! कुखरे दाइ
मैले तपाईंलाई खोरमा भेट्न पाइनँ । म पुग्नुभन्दा अगाडि तपाई विदावारि भई डाँडागाउँ जानु भएछ । म त्यहाँ पुग्दा कुखुरे दाइ हिँडे भन्थे । कुखुराको दाना कसैले गलगिद्ध खाएको भनेको सुनेको थिएँ । हो होइन विश्वास छैन । म आइपुग्नु भन्दा पहिले चुपचाप हिँड्नु भएको किन ? बेसीमा आमुन्ने सामुन्ने हुने रहर बालुवाको हलुवा झैं भएछ । त्यहि भएर यो पत्र छोड्दै छु । तर खास तपाई बेमौसमी बेसीमै बस्नु पर्ने हो । किन कि तपाईं व्यवसायमा पनि ज्यान छाडेर लागकोले माथि नै हुनुहुन्छ । तपाईंले भुईं छोडेर उड्ने त पक्कै होइन होला । तर मैले तपाईं बसाईं सरेको कुरा पटक्कै विश्वास लिएको छैन । यहाँ नपत्याउनु पनि कसरी तपाईंको आवाज कराएर कतै डुलेको डुल्यै छ ।

तपाईं कुखुराको मात्र होइन एकाएक एकताका जग्गाको पनि पासो थाप्ने गर्नुहुन्थ्यो । त्यहि पासो थापेर कयौं मानिस उठेका छन् । जग्गा दलाली काममा तपाई एक नम्बरको सूचीमा हुनुहुन्छ । यहाँ जग्गा पनि उड्छ भनको सुनेको छु । त्यसैले तपाईं जग्गामाथि उनिएर उडेजस्तो लाग्दैन । मैले तपाईंले नदेखाएको जग्गा किन्न पाइनँ । मैले किन्नुभन्दा अगाडि नै अरुको बगली लुँड्याउनु भएको रहेछ । देख अनदेख केहि चाख्न नपाए पनि यो पात्र कनिकुथी लेख्दै छु । ल फसाद कुन्नी, हातले पनि खोटो खाए जस्तो काने गुजी देख्न थालेछ ।

अँ साँची तपाईंको बुबाले यस लोक छोडेर गएको पनि चालिस हिउँद कटेछ । उहाँको जस्तै बुढोखोकी तपाईलाई पनि छ क्यारे । कोरोना र डेङ्गुबाट जोगिनु भो । कोरोनाले धेरैलाई पोको पारेर लग्यो । विश्वलाई नि दई वर्ष गाँजेर उजाड पारेर गयो । तपाईं बसाई सरेर हाम्रो आउजाउको बाटो दुईवटा बनाई दिनु भयो । सरकारलाई बजेट हाल्न असजिलो पारिदिनु भो । अब कुन बाटोमा बजेट हाल्ने ? तपाईले तागत देखाउन जरुरी छ । यी सबै कुरा तपाईंलाई बेसीमा सुनाउने धोको पूरा हुन पाएन । अहिले तपाईंको कुखुरे खोरमा उभिई यो कुरा बहस गर्न केही हतार हुन्छ । कुखुराको सुलीले पनि यो कुरा सुन्छ कि भनी लाज पो लागिरहेछ ।

उ बेला कुखुरा पालेर कुखुरे दाइ हुनुभयो । कुखुराको सुलीको व्यापार गरेर आलु खानु भयो । घरजग्गा किनबेचमा लागेर चालिसे उमेरमा ढलानवाला छानामा ढुङ्गा हाल्नुभयो । युवा उमेरमा कुखुरे दाइ हुनुहुन्थ्यो, आज दले बा हुनु भएकामा बधाइ छ । आज ठाउँ छाडेर पराजयको संकेत दिनुभयो । बेसीको असभ्य कुरा किन लिएर हतार हतारमा बसाई सर्नुभयो । यहाँको लज्जावती झार समेत हाँसेको छ । सँगै कुखुरा व्यापार गर्न नसके पनि मिलेर जग्गाको दलाली गर्नुहुन्थ्यो । साँझ विहान कतै जानु भयो भने ए दले दाइ भनेर भेटेका जतिले नमस्ते समस्तेको ढोग दिन्थे । मुन्टो निहुर्याउँथे । तपाईंले पनि नाडी घडी हेरेर आङ तन्काएर पोशाकको कलर तान्नुहुन्थ्यो । कम्तीमा यो कुरा छुट्ने भो । तपाईंको नाक काटिए पनि मैले छ्यालव्याल राख्न हुन्नथ्यो र ?

म पनि जग्गा दलाली गर्ने योजनामा छु । मलाई सास भएको जातभन्दा आश भएको घर जग्गाको काम निको लाग्छ । घर जग्गामा सास भन्दा आस धेरै हुन्छ । मान्छे र कुखुरा उस्तै हो, सास फेर्न बिस्र्यो भने मरिहाल्ने जात हो । फेरि संस्कार फरक छ । हाम्रो परिवारमा बाहिरका मानिसले कुखुरे दाइसँग पनि सल्लाह लिएको कुरो छ । तपाईं यहि भइरहेको भए देख्नुहुन्थ्यो मेरो पाइन । यता त यस्तो छ त्यहाँ कस्तो छ । मैले पनि यहाँको अव्यवस्थाको दलदलबाट बिदा लिन चाहको छु । मैले पनि बोइलर कुखुरा जस्तो हलक्क बढ्ने पेशा लिन खोजको छु । भन्दाभन्दै जीउढाल भएर कुप्रिसक्यो । तपाईंको मुन्टोको के निर्देशन के छ ? दाया बायाँ कता हल्लिन्छ टाउको ?

ओहो ! एउटा कुरा भन्न बिर्सेछु । धत् यो थात्रो पत्र पढ्दा तपाईंको गिदी मथिङ्गल हल्लियो होला । त्यता जग्गा उचाल्ने पछार्ने दलाली कसले कसले गरेका रहेछन् ? त्यहाँ भ्रष्टाचार कसले कसले गरेका रहेछन् हेक्का राखौं । कम्तीमा यस्तो अख्तियार जाने कुराबाट जोगिनुस् । यहाँको पिरलोले यो कुरा भनको हुँ । म यहाँ यता न त्यता भएको छु । त्यहाँ पैसा रुखमा फल्छ फल्दैन होला । मैले तपाईंलाई कुखुरे दाइ भनेर होइन, दले दाइ भनेर शेयर सदस्यमा मनोनयन गरेको छु । अब आशा छ तपाईंले यो पत्र पढेर मनमनै स्वीकृत जनाउनु हुुनेछ । तपार्इंको काम भनेको एउटालाई पुरेर अर्कोलाई सम्याउने हो ।

तपाईंको हुलिया बिचौलिया भनेर चिन्नु पर्ने हो । यो कुरो थाहा पाउन यहि विवेचना गर्छु । तपाईंले जग्गा कति किनबेच गर्नुहुन्थ्यो तैपनि दलाली भन्न पटकै मन छैन । अरुले भने जस्तो पनि लाग्दैन । चालीस वर्षअघि तपाईंले कोदाको व्यापार र खानमा प्रयोग गर्ने गरेको कुअन्न अहिले १ नम्बर अन्न भएको छ । त्यो बेला तपाईंले ट्वाक खाँदा एकथरि टोल नै थर्किन्थ्यो । मानिसहरू नै रगमगिन्थ्ये । म पनि कुनै भेटघाटमा जाँदा बोल्ने शक्ति आओस् भनेर ऊ बेला तपाईंले ट्वाक खाँदा गरेको कुरा सम्झेर अहिले त्यहि कुरा मनमा दौडाइरहेछु । तपाईंजस्तो मानिस मानिस बिच त्यो झोल खाने होड भने म सम्झन चाहन्न ।

आउने चुनावको दिन भेट गर्ने मनसाय गरको छु । मलाई मरको आश होइन बाचेको आश चाहिएको छ । यहाँ मानिस मानिस बिच मसिनु कुरा मात्र होइन हरेक कुरामा द्वन्द्व छ । चुनावमा हाम्रो जनताको कुराको हार हुने भए त्यसबाट मुक्ति हुन चाहेको छु । जनता विरोधी गतिविधी बन्द गर्न भोटको लाइनमा बस्नुछ । प्रदेश र संघीय सरकारले लौरो टेकेर सरकार चलाइरहेछ । यहाको अर्थतन्त्र (श्रीलंकाको जस्तो) दैनिक धरासायी भएको छ रे ? देश गणतन्त्रमा भास्सिएर चलिरहेछ । प्रदेश र संघीता बिच द्वैध शासन जस्तो देखिन आएको छ । राय पनि रायो र तोरीजस्तो किन भिन्न भएको छ ? केन्द्र नीति निर्माण गर्नुपर्ने कुरा छोडेर फोहरी खेलमा डुबेको छ । एक पटक डाँडा गाउँका मानिसलाई यता लोकल टोलमा पठाए कसो होला ? यता एउटा पार्टीलाई छिर्की हानेर धोती न टोपी बनाउन पासो थापेर आफ्नो दुनो सोझ्याउछन् रे ।

एउटा प्रदेशको मानिसले अर्को प्रदेशको मानिसलाई हेर्न आफूजस्तै चस्मा लाउनपर्ने वाध्यता भएको छ । कुरा गर्दागर्दै गन्थन धेरै भयो होला । भोट खसाल्ने दिन भेटेर सरकारले यस्ता यता न उताका कुरा सुन्दा पनि सुन्दैन । यता ठालु तालु आलुहरू धेरै भएका छन् । यहाँको कुरा सुनेर आजित भएको छु । यो देशको कुखुरे दाई कता हुनु हुन्छ होला । दले दाइलाई यसै पत्रबाट खोजी दायर गरेको छु । त्यहाँ के भएको छ । तपाईंको नाउँ पनि फेरेर सच्याउनु पर्ने भएको छ । दलाली व्यवसायले देशमा धेरै दुर्गन्ध आयो रे ? कमिशन बाँडफाँट पनि बन्द गर्ने रे ? मालपोतमा धेरै भ्रष्टाचारको लफडा छ रे ? अस्पतालको औषधिमा पनि कमिशनको विवाद चल्छ रे ? पार्टीको चुनावमा पनि टिकट दिनमा कसलाई कति बोरा बुझाउनु पर्ने हल्ला पो छ त ! पुलिस प्रशासनको बढुवा र सरुवामा पनि यस्तै कचिङ्गलो सुनेको छु । आशा छ चुनावमा आउने निधो दिँदै चाँडै उचित सुझाव दिनु हुनेछ ।

उहि गाउँले…

०००
हालः सिड्नी अस्टे्रलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य लेख्नु भो हजुर ?

व्यङ्ग्य लेख्नु भो हजुर...

ठाकुरप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
टुकुचा !

टुकुचा !

ठाकुरप्रसाद अधिकारी
बडोहरूको तगडो चर्चा

बडोहरूको तगडो चर्चा

ठाकुरप्रसाद अधिकारी
हल्ला जस्तो हल्ला किन ?

हल्ला जस्तो हल्ला किन...

ठाकुरप्रसाद अधिकारी
आधुनिक नाता आतङ्क

आधुनिक नाता आतङ्क

ठाकुरप्रसाद अधिकारी
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
न–याँ

न–याँ

ईरानराई
अपाङ्ग-दिवस

अपाङ्ग-दिवस

केशवराज आमोदी
0
Would love your thoughts, please comment.x
()
x