फित्काैली डटकमबुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको २२ औँ श्रृङ्खला
जीवनाथ अधिकारीको सञ्चालनमा अक्सफोर्ड प्राक्टीकल स्कुल सल्लाघारी भक्तपुरमा सम्पन्न भएकाे कार्यक्रम दीनानाथ पोख्रेलको अध्यक्षता र डा रमेश शुभेच्छुको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

भक्तपुर, २०८२ कात्तिक १५।
न वर्षादले नै कुनै गर्छ बाधा
छ ऊर्जा बढेको सबै माझ ज्यादा
सबैले सुकाव्य छऱ्यौँ ओठबाट
सबै खारिएका थिए चोटबाट ।।
भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको २२ औँ संयुक्त नियमित रचनावाचन कार्यक्रम सम्पन्न भयाे ।
जीवनाथ अधिकारीको सञ्चालनमा अक्सफोर्ड प्राक्टीकल स्कुल सल्लाघारी भक्तपुरमा सम्पन्न भएकाे कार्यक्रम दीनानाथ पोख्रेलको अध्यक्षता र डा रमेश शुभेच्छुको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।
समाजका सल्लाहकारद्वय शङ्कर मानन्धर र लालबहादुर भुजेल एवम् नोवेल साकोसका संस्थापक अध्यक्ष राजनप्रसाद न्यौपाने साथै समाजका अध्यक्ष कविराज घिमिरे र ज्येष्ठ नागरिक सूर्य लुइँटेलको आतिथ्यमा भएको कार्यक्रममा निम्न बमोजिम सरष्टाहरुबाट रचना वाचन गरिए ।
सर्वप्रथम सूर्य लुइँटेलद्वारा स्वस्ति वाचन गरी कार्यक्रम प्रारम्भ गरियो । त्यसपछि रचना वाचनमा लालबहादुर भुजेल, ज्ञानराज सुवेदी, केशव ज्ञवाली आगत, पदम दाहाल, डिल्लीराम पोख्रेल, राजनप्रसाद न्यौपाने, निशा न्यौपाने तिंसिना, श्रीबहादुर केसी शैलुङ्गे, भावना न्यौपाने, धरणीधर गुरागाईं, कृष्णप्रसाद पौडेल जस्ताघरे, शिखरनाथ ढकाल बेलकोटे, कवि टिपी बराकोटी, हेमन्त निरौला, एमपी पाण्डे, रोमा लम्साल, कविराज घिमिरे, जीवनाथ अधिकारी, दीनानाथ पोख्रेल र शङ्कर मानन्धरबाट महाभारतको प्रसङ्गका रचना वाचन गरिएका थिए ।
अन्त्यमा प्रमुख अतिथिज्यूबाट सम्पूर्ण रचनाको समीक्षा गर्दै आफ्नो सारगर्भित मन्तव्य राखिसकेपछि सभाध्यक्षबाट सबैलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गर्नुभयो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































